मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पत्रकारिताको भोक जगाउँदै पत्रकार महासंघ बागलुङ

पत्रकारिताको भोक जगाउँदै पत्रकार महासंघ बागलुङ


  • ढोरपाटन संवाददाता
  • माघ २६ २०७७, सोमबार

बागलुङ, २६ माघ– बागलुङ नगरपालिका–८ सिगानाकी कृति थापा कानुनकी विद्यार्थी हुन् । अध्ययन गरेको विषयलाई फर्केर हेर्दा उनको भविश्यको मुख्य काम उभिएर बहस पैरवी गर्ने हो । तर उनलाई उभिएर बोल्ने भनेपछि उभिनु पहिले नै हातगोडा सेलाएजस्तै हुन्थ्यो । विद्यालयमा आन्तरिक परीक्षा चलिरहेकै समयमा उनले उभिएर बोल्न सिक्ने प्रयास गरिन् । आन्तरिक परीक्षालाई तपशिलमा राखेकी थापाले बागलुङ बजारमा पाँच दिने पत्रकारिता तालिम लिईन् । अहिले कृतिको धेरै मान्छेका अगाडी उभिँदा समेत हात काप्दैन् । खुट्टा लुलीएको जस्तो पनि लागेको छैन् ।
कृति र कृतिजस्तै ४० जना युवा युवतीको लागि बोल्ने र लेख्न सिक्ने वातावरण पत्रकार महासंघ बागलुङ शाखाले मिलाएको हो । कोरोना महामारी पछिको संक्रमणका कारण भएका पत्रकारहरुकै पेशागत सुरक्षाका लागि पौठेजोजी खेलिरहेको महासंघले नयाँ पत्रकार पेशामा प्रबेशको अभियान चलाएको छ । बागलुङ नगरपालिकाको साथ महासंघलाई छ । पाँच दिवसीय निशुल्क पत्रकारीता तालिममा बागलुङका अनुभवी पत्रकारको प्रशिक्षण लिएका युवा यवतीले समापनमा आशाको सन्देश प्रवाह गरे ।
‘केही सिक्छु जस्तै लागेको थिएन, अहिले बोल्ने भोक जागेको छ’ तालिमको समापनमा आफ्नो बिचार निर्धक्क राखेकी कृतिले भनिन् ‘सिकाईको सुरुवात भएको छ ।’ कानुनी पेशा र पत्रकारीता सँगै गर्ने सोँच भएकाले पहिले बोल्न सिकेको उनको भनाई थियो । तालिम सकिएपछि बागलुङ नगरपालिका–६ का दिवाकर सापकोटा पनि मञ्चमा पुगेर कड्कीए– ‘सिकाई सुरु भएको छ, हामि सहभागीले आयोजकलाई उपलव्धी दिन्छौं ।’
लामो समय पत्रकारीता क्षेत्रमा आकर्षण घट्दै गएको प्रति चिन्ता गर्ने पत्रकार महासंघले आँफैले आयोजना गरेको तालिमबाट आशाको दियो बलेको जनाएको छ । ‘पत्रकारीता हिजो अवसर थिएनन्, जनशक्ति फालाफाल हुन्थ्यो, आज अवसर छन् तर जनशक्ति पाउँदैन्’ पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष भन्छन् ‘योग्य पत्रकारलाई अहिले जहाँ पुग्दापनी खोसाखोस हुन्छ ।’ तालिमले पत्रकारीता क्षेत्रमा लाग्ने प्रेरणा प्रदान गरेको उनले बताए । आधारभुत लालिममा पत्रकारीताका सबै पक्षको सामान्य जानकारी दिँदा मात्रै अहिलेको पुस्ताले त्यसको गहन अध्ययन आँफै गर्नसक्ने उनको बुझाई छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले पत्रकारीता जस्तो सम्मानीत पेशामा आकर्षण घट्नु दुःखद रहेको बताए । व्यवसायीक पत्रकारको समाजमा खोजी रहेको भन्दै उनले रुपान्तरको संवाहक बन्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।
धौलागिरी एफएमका स्टेशन प्रमुख उमाकान्त शर्माले योग्य पत्रकारलाई अहिलेपनि रोजगारीको ठाउँ खालि रहेको बताए । उनले सञ्चार माध्यामले खोजेको जस्तो जनशक्ति पाउनै कठिन भैरहेको बताए ।
पाँच दिन चलेको तालिममा जिल्लामा कृयाशिल पत्रकारहरुले सहजीकरण गरेका थिए । तालिमको समापन समारोहको सञ्चालन राम थापा अविरलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->