बागलुङ, २६ माघ– ताराखोला गाउँपालिकाका बिरामीको सुविधाका लागि एम्बुलेन्स थप भएको छ । गाउँपालिकामा रहेको एम्बुलेन्स बिग्रिएर काम नलाग्ने भएपछि थन्किएको थियो । प्रवासमा रहेका गलकोटे युवाहरुको सहयोगमा गाउँपालिकामा नयाँ एम्बुलेन्स आएको हो ।
कोरोना महामारीको समयमा बिग्रीएको एम्बुलेन्सका कारण गाउँपालिकाले सास्ती पाएको थियो । ठुलो धनराशी खर्च गरेर मर्मत गरी चलाउदै आएको गाउँपालिकाले अव भनेनयाँ एम्बुलेन्स पाएको छ । ११ लाख रुपैयाँ जम्मा गरेर जापानमा रहेका गलकोटेहरुले पठाएका थिए । रकम पठाएको ६ महिनामा सरकारी प्रकृया मार्फत कर छुट गरी एम्बुलेन्स खरिद गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।
आइतबार गलकोट समाज जापानका पूर्व अध्यक्ष तथा संरक्षक नर बहादुर थापा, लेखा समिति संयोजक तेज चालिसे लगायतले ताराखोला गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए । गाउँपालिकाको आफ्नै एम्बुलेन्स भएपछि विरामीलाई सहज हुँने गाउँपालिका अध्यक्ष घर्तीको भनाई रहेको छ । गाउँपालिकाले एम्बुलेन्स चालक समेत नियुक्ती गरीसकेको छ ।





