मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

रामानुज आश्रममा निशुल्क स्वास्थ्य परीक्षण

रामानुज आश्रममा निशुल्क स्वास्थ्य परीक्षण


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०७७, मंगलबार

बागलुङ, २७ माघ– बागलुङ नगरपालिका वडा नं. २ निरयघाटमा रहेको आश्रमका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण तथा योगाभ्यास गराईएको छ ।
धौलागिरी आयुर्वेद औषधालय बागलुङले जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रमअन्र्तगत रामानुज वृद्धा आश्रममा रहेका जेष्ठ नागरिकको स्वास्थ्य जाँच तथा योग अभ्यास गराएको हो ।
सोमबार आश्रममा आयोजना गरिएको एक कार्यक्रममा औषधालयका प्रमुख डा. सरोज कुमार रायले जेष्ठ नागरिकको स्वास्थय परीक्षण गरेका थिए । जेष्ठ नागरिकको लागि आवश्यक औषधिसमेत औषधालयले निशुल्क उपलव्ध गराएको थियो ।
योग र साधनामार्फत स्वस्थ्य रहनका लागि जेष्ठ नागरिकहरुलाई योगाभ्यास गराईएको डा. रायले बताए । कार्यक्रममा वडा अध्यक्ष जीवन आचार्यले जेष्ठ नागरिकप्रतिको दायित्व सबैले बहन गर्नुपर्ने बताए । आश्रममा रहेका २८ जना वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->