मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बलात्कार र हत्या गर्नेलाई कारवाही माग

बलात्कार र हत्या गर्नेलाई कारवाही माग


  • ढोरपाटन सम्वाददाता
  • माघ २८ २०७७, बुधबार

बागलुङ, २८ माघ– बलात्कारपछि हत्या गरिएकी भागिरथी भट्टलाई न्याय दिन माग गर्दै बागलुङमा बिभिन्न संघ संस्थाले माग गरेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
बुधबार गैरसरकारी संस्था महासंघ बागलुङले बलात्कार र हत्याविरुद्ध निस्पक्ष छानविन गरी दोषीलाई कडा सजायको माग गर्दै अध्यक्ष मुक्तिराम सापकोटाले प्रजिअ सुरेश न्यौपानेलाई ज्ञापन बुझाए ।
बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ बर्षिय किसोरी भट्टको माघ २१ गते बलात्कारपछि हत्या भएको थियो । महासंघले कानूनी राज्यको प्रत्याभूत दिनका लागि दोषीलाई कानूनी कठघरामा ल्याउनुपर्ने, पीडितलाई राहत दिनुपर्ने माग गरेको छ ।
बुधबारै अखिल नेपाल महिला संघले भागिरथी भट्टको बलात्कारपछि हत्याको बिरोध गरेको छ । संघले पनि ज्ञापन पत्रमार्फत सरकारको ध्यानाकर्षण गराएको हो । संघले बिद्यालयदेखि आउजाउ गर्ने स्थानमा समेत बालिकाहरु असुरक्षित बन्दै गएको भन्दै सुरक्षा स्थिति मजबुत बनाउन माग गरेको छ ।
यस्तै, नेपालले बालअधिकार सम्बन्धी महासन्धी अनुमोदन गरेको ३० बर्ष भएको अबसरमा बिना भेदभाव बालिकाहरुले सुरक्षाको अबस्था पनि पाउन नसकेको टिप्पणी भएको छ । संघले आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार बालबालिकाले पाउनुपर्ने माग पनि गरेको छ ।
ज्ञापन बुझ्दै प्रजिअ न्यौपानेले राज्यपनि दोषीको खोजी र कारवाहीकै पक्षमा रहेको भन्दै संघसंस्थाको दवावले कारवाहीकालागि थप दबाव परेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->