मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

धौलागिरि अस्पतालमा बोरिङको पानी, वार्षिक २० लाख रुपैयाँ खर्च कटौती हुने

धौलागिरि अस्पतालमा बोरिङको पानी, वार्षिक २० लाख रुपैयाँ खर्च कटौती हुने


  • ढोरपाटन सम्वाददाता
  • माघ ३० २०७७, शुक्रबार

बागलुङ, ३० माघ– धौलागिरी अस्पताल बागलुङमा बोरिङ प्रबिधिबाट जमिनमुनिको पानी निकालिएको छ । झण्डै २ सय २० मिटर जमिनमुनिबाट अस्पतालका लागि आवश्यक पानी निकालिएको हो ।
बिहिबारसम्म ड्रिलिङ गर्दा जमिनमुनी पानीको स्रोत भेटिएको अस्पताल विकास समितिले जनाएको छ । बोरिङ प्रबिधिको पानी निकाल्दा अस्पतालले प्रयोग गर्दै आएको ट्याङकरको पानी विस्थापित हुनेछ ।
सामाजिक विकास मन्त्रालयको सहयोगमा जमिनमुनिको पानी निकालेर प्रयोगमा ल्याउन लागिएको हो । पानी निकाल्ने काम सकिएकाले बाँकी संरचनाको काम अघि बढाईने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट शैलेन्द्र बिक पोखरेलले बताए ।
डिटीएच रक ड्रिलिङले केही दिनअघिबाट बोरिङ खन्ने काम थालेको थियो । कम्पनीले दुई साताभित्रै २ सय २० मिटर जमिनमुनीबाट पानी निकालेको कम्पनीका सुपरभाईजर सूर्य चिमरीयाले बताए ।
प्रतिसेकेण्ड २ दशमलव ७५ लिटर पानी निकाल्ने लक्ष छ । बोरिङ खन्नका लागि मात्रै मन्त्रालयले ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । ‘खन्ने काम १९ लाख र जेनेरेटर र प्लम्वीङको काम बाँकी रकमले गर्ने हो’ अस्पतालका लेखा अधिकृत झलक आचार्यले भने ‘रकम अपुग नहोला भन्ने छ, कम भए मन्त्रालयमा लेखि पठाउँछौं ।’
जमिन मुनीबाट आएको पानीलाई एक लाख लिटरको ट्याङकीमा जम्मा गरेर अस्पताल भवनमा वितरण गरिने छ । ट्याङ्की निर्माणको लागि मन्त्रालयले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमार्फत ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
तत्कालका लागि मौजुदा ट्याङकीको प्रयोग गरेर पानीको वितरण सुरु हुने अस्पताल बिकास समितिले जनाएको छ । जमिन मुनीको पानी निकाल्दा अस्पताललाई बार्षिक २० लाख रुपैयाँ खर्च कटौती हुने अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->