मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

ढिलासुस्तीमा जिल्लासभाको ध्यानाकर्षण

ढिलासुस्तीमा जिल्लासभाको ध्यानाकर्षण

बागलुङको चौथो जिल्लासभा १९ बुँदे संयुक्त प्रस्ताव पारित


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १ २०७७, शनिबार

बागलुङ, १ फागुन– राष्ट्रिय गौरवका आयोजना निर्माणमा भएको ढिलासुस्तीले जिल्लाको समग्र विकासमा असर गरिरहेको भन्दै बागलुङको चौथो जिल्ला सभाले सम्बन्धित निकायको ध्याकर्षण गराएको छ । जिल्ला समन्वय समिति र दश स्थानीय तहले आयोजनाहरुमा भएको ढिलासुस्ती, गुणस्तरियता र मापदण्डका बिषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन् ।
बागलुङमा मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र सालझण्डी ढोरपाटन सडकखण्ड तथा उत्तरगंगा जलाशययुक्त आयोजना राष्ट्रिय गौरवको रुपमा सञ्चालनमा रहेका छन् । शुक्रबार चौथो जिल्ला सभाबाट १९ बुँदे समन्वयात्मक प्रस्तावहरु पारित गर्दै जिल्ला सभाले सामाजिक, आर्थिक विकास र सुशासन कायम गर्नेमा सबै तहको समन्वय र सहकार्यमा जोड दिएको छ ।
जिल्लासभाले मध्यपहाडीको कालोपत्रेमा भैरहेको ढिलाई, कालीगण्कडी करिडोरको वातावरणीय परीक्षणलगायत कालोपत्रेको प्रक्रियामा भएको ढिलाई, ढोरपाटन सालझण्डी सडकको निर्माणमा ढिलाईबारे विषयमा सम्बन्धित आयोजना र संघीय सरकारलाई ध्यानाकर्षणका लागि अनुरोध गरेको छ । उक्तरगंगा जलाशययुक्त आयोजना अन्यत्र जान नहुने भन्दै बागलुङतर्फनै आयोजना सञ्चालन हुनेगरी सबैखाले समन्वयको काम गर्ने गरी नेपाल सरकारलाई अनुरोध गरेको छ ।
पक्किघर बनाउँदा नक्सापास सबै पालिकामा अनिवार्य गराउन पहल गर्ने । सबै पालिका मुकाममा पुग्ने सडक नियमित गराउन अन्तरपालिका समन्वय गर्ने, सवारी भाडादर र रुट प्रमिटलागयतका कामका लागि सम्बन्धित कार्यालयलाई जानकारी गराएर एकरुपता कायम गर्ने घोषणापत्रमा उल्लेख छ ।
बजार अनुगमन, पालिका मुकामहरुको बिबाद, भवन तथा पूर्वाधार निर्माणमा रहेका समस्या समाधान गर्ने सझा प्रस्ताव जिल्लासभाले पारित गरेको छ । झोले व्यपारीका कारण चोरी डकैंतीजस्ता घटनाहरु बढेकोतर्फ जिल्लासभाको ध्यान पुगेको छ । व्यापारको नाममा झोलामा सामान बोकेर शहरबजार र गाउँघरमा पस्नेहरुका कारण सामाजिक बिचलन आएको भन्दै त्यस्ता कार्यलाई निरुत्साहित गर्ने घोषणापत्रमा उल्लेख छ ।
जिल्लामा हुने विकास निमाणको गुणस्तर कायम गर्न प्रयोगशाला स्थापना गर्ने, ढंगा, गिट्टी, बालुवा उत्खनन्मा हुने अनियमितता कम गर्न पहल गर्ने, बाढीपहिरो तथा विपद्का समयमा एक आपसमा सहकार्य गर्ने तथा अहिलेका पीडितहरुको पुनस्थापनामा पहल गर्ने, विद्यालयको दरवन्दी मिलानको काम जतिसक्दो छिटो सक्ने र स्लेट ढुंगालाई खानीअन्र्तगत उत्पादन तथा बिक्री बितरण गर्नुको साटो ढंगा, गिट्टी, बालुवाको जस्तै निर्माणजन्य उद्योगको रुपमा समाबेश गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने प्रस्तावसमेत पारित भएको छ ।
जिल्लासभाले कोरोना महामारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलगायतका बिषयहरु समाबेश गरेर साझा प्रस्ताव पारित गरेको हो ।
सभालाई सम्बोधन गर्दै समन्वय प्रमुख राजेन्द्र ढुंगानाले जिल्लाका सबै तहले एकआपसमा विकासका साझा योजना बनाएर अघि बढ्दा सहज हुने बताए । एउटा पालिकाको राम्रो काम र कदमलाई अर्को पालिकाले तत्काल अनुशरण गर्दा कार्यान्वयन र प्रभावकारितामा सकारात्मक असर पर्ने उनको भनाई थियो ।
जिल्लासभा प्रमुख ढुंगानाको सभापतित्व, उपप्रमुख बिष्णु भुसालको स्वागत र शाखा अधिकृत खिमबहादुर बिकको सञ्चालनमा सम्पन्न भएको थियो । समन्वय अधिकारी राजु प्रसाद पौडेलले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतिले पारीत भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->