बागलुङ, १ फागुन– भीमा पोखरा युवा क्लब बिवाइसी बागलुङको संचालक समिति र कर्मचारीबीच सामुहिक भेला तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार बनभोज सहितको समीक्षामा सहभागिले जिल्लाको बिकास निर्माण तथा स्वास्थ्यको क्षेत्रमा गरेको कामले क्लबलाई स्थापीत गरेको बताए । क्लबले फेयरमेडको सहयोगमा बागलुङका अधिकांस पालिकामा सामुदायिक स्वास्थ्य परियोजना संचालन गरेको छ । त्यस्तै बैदेशिक रोजगारीमा जानेकालागि सुरक्षित आप्रवासन कार्यक्रम समेत संचालन गरिरहेको छ । ती कार्यक्रमले जनताको घरदैलोमा प्रत्यक्ष रुपमा क्लबलाई जोडेको अध्यक्ष मणभद्र शर्माले बताए ।
कार्यक्रममा काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले क्लबको योगदानले जिल्लादेखि प्रदेश सम्म पहिचान बढाएको बताए । क्लब मार्फत जिल्लाको ग्रामीण क्षेत्र सम्म झोलुंगे पुल निर्माण, सामुदायिक वनको क्षेत्रमा एनिमेसन कार्यक्रम लगायतमा समेत काम भएका थिए ।





