मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

कालिका साप्ताहिकका सम्पादक आचार्यको निधन

कालिका साप्ताहिकका सम्पादक आचार्यको निधन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०७७, शनिबार

बागलुङ, १ फागुन– बागलुङबाट प्रकाशन हुने कालिका साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् दुर्गादत्त आचार्यको निधन भएको छ । उनको हृदयघाटका कारण आज निधन भएको परिवारले जनाएको छ ।

शनिबार पोखरामा भएको एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा कास्कीको लुम्लेमा पुग्दा उनलाई हृदयघात भएको थियो । उपचारका क्रममा उनको पोखरामा मृत्यु भएको हो । नेपाल प्रेस युनीयन बागलुङका पूर्वअध्यक्ष्समेत रहेका आचार्य सामाजिक र पत्रकारिता क्षेत्रमा क्रियाशील थिए ।
लामो समय शिक्षण पेशमा बिताएका आचार्य धौलागिरि अञ्चलकै पहिलो एफएम रेडियो धौलागिरि एफएम व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत थिए । उनको आईतवार बिहान कालिगण्डकी किनार मालढुंगामा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->