तनहुँ, २ फागुन– तनहुँको आँबुखैरेनीमा ट्यांकरले ठक्कर दिदा मोटरसाईकलमा सवार एक जनाको ज्यान गएको छ । पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–३ आइतबार बिहान मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको ना १९ प ९२४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको एनएल ०१ एन २९८६ नम्बरको भारतीय ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटार बस्ने १७ वर्षीया अन्वेषा पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्यांकरले ठक्कर दिएपछि मोटरसाइकल उछिट्टिएर ग ३ च २०८४ नम्बरको कारमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । उनका अनुसार मोटरसाईकल चालक चितवन भरतपुरका ५१ वर्षीय युवराज घिमिरे सामान्य घाइते भएका छन् ।





