शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

चुनाव नगराउन प्रचण्ड-माधवले निर्वाचन आयोगलाई धम्की दिए: उपप्रधानमन्त्री पोखरेल

चुनाव नगराउन प्रचण्ड-माधवले निर्वाचन आयोगलाई धम्की दिए: उपप्रधानमन्त्री पोखरेल

पोखरेलले त्यसो भनिरहँदा प्रेस संगठनको नाममा भेला भएका गैरपत्रकारहरुले भने मुखामुख गरिरहेका थिए ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २ २०७७, आइतबार

पोखरा, २ फागुन – विभाजित नेपाल कम्युनिष्ट पार्टी ओली समुहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड-माधव पक्षले चुनाव नगराउन निर्वाचन आयोगलाई धम्की दिइरहेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले ताजा जनादेशका लागि संसद विघटन गरेको जिकिर गर्दै पोखरेलले प्रचण्ड माधव निर्वाचन नगराउन लागिपरेको आरोप लगाए । ‘प्रचन्ड र माधव नेपाल निर्वाचन आयोगमा गएर थर्काउँदै चुनाव गराउन पाइँदैन भन्दै थर्काउनुहुन्छ’, पोखरामा आइतबार आयोजित ओलीपक्षीय प्रेस संगठनको प्रदेश भेलामा पोखरेलले भने, जनताको ताजा जनादेशका लागि जाने कुरा कुनै पनि हालतमा असैंवधानिक र अलोकतान्त्रिक हुदैन । उनले माधव-प्रचण्डको सत्ता तृष्णाको मनोरोगका कारण संसद विघटन गर्नुपरेको स्पष्टिकरण दिए ।
उपप्रधानमन्त्री पोखरेलले तत्कालीन माओवादीको राजनीति सकिएकोबेला एमालेको शरणमा आएको दाबी गर्दै भने, ‘माओवादीको पोलिटिक्स सकिएकोथ्यो । उहाँहरू पावरबाट बाहिर हुनुहुन्थ्यो । मानवताविरोधी कार्यका लागि टाउकोमा तरवार थियो । त्योबाट छुटकारा पाउन पार्टी एकता गर्नु भयो ।’ उनले पार्टी नेता माधव नेपालले पनि प्रचण्डको मुंग्रो समाएर केपी विरोधी काम गरेको आरोप लगाए । ‘टू इन वान भएर ओल्टेकोल्टे हुन पाइँदैन ।’
पोखरेलले पार्टीनिकट पत्रकारलाई पार्टी र पेशा दुवैमा प्रतिबद्ध भएर लाग्न सुझाव दिए । ‘पत्रकारले आफ्नो पेशागत दक्षता भने प्रदर्शन गर्नैपर्छ । दक्षता भएन भने अघि बढ्न सकिँदैन । विचारको पनि स्पष्टता हुन जरुरी छ,’ पोखरेलले भने, ‘पेशागत दक्षता नभए पनि पार्टीमा लाग्छु भन्ने सोच्नु हुँदैन ।’ पोखरेलले त्यसो भनिरहँदा प्रेस संगठनको नाममा भेला भएका गैरपत्रकारहरुले भने मुखामुख गरिरहेका थिए । भेलामा संगठनको नेता भएर सहभागी भएका अधिकांश गैर पत्रकार थिए ।
पोखरेलले कार्य दक्षता भएर पनि विचारमा स्पष्टता भएन भने अन्तिममा ‘नागरिक समाजको अगुवा’ भइने आरोप लगाए । ‘धेरैलाई देखेको छु । कार्य दक्षता भएर अग्रज भएका छन् । तर, अन्तिममा विचार खुइलिँदै गएर उनीहरु नागरिक समाजमा परिणत भएका छन्,’ उनले भने, ‘विचार र दक्षतासहित अघि बढिसकेपछि ओल्टेकोल्टे हुनै पाइँदैन ।’
पार्टीका सहइन्चार्ज तथा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री किरण गुरुङले संसदीय ब्यवस्था अगालेका मुलुकमा संसद विघटन प्रधानमन्त्रीको आफ्नो अधिकार भएको वताउदै सर्वाेच्च अदालतले त्यसलाई स्विकार गर्ने वताए । प्रदेश संयोजक सुष्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नेता खगराज अधिकारी, प्रेस संगठनका संयोजक गणेश वस्नेत, नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगर, प्रदेश सहइन्चार्ज विद्रोही गिरी लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->