बागलुङ, २ फागुन–नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य तथा बिदेश बिभाग प्रमुख दुर्गादत्त आचार्यको निधन प्रति नेपाली कांग्रेस बागलुङले दुःख व्यक्त गरेको छ ।
आचार्यको शनिवार ह्दयघातका कारण निधन भएको थियो । ६८ बर्षिय आचार्य ट्रेड युनियन सम्बन्धीत कार्यक्रममा सहभागि भएर फर्कने क्रममै एक्कासी बिरामी परेका थिए । उपचारकालागि अस्पताल लैजाने क्रममै उनको निधन भएको थियो ।
आचार्य नेपाल प्रेस युनियन बागलुङका संस्थापक र पूर्व अध्यक्ष, नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि, रोटरी क्लब लगायतका क्षेत्रमा सक्रिय थिए । धवलागिरी एफएमका पूर्व अध्यक्ष, र कालिका साप्ताहिकका सम्पादक समेत रहेका आचार्यको निधनले स्तब्ध भएको भन्दै कांग्रेस सचिव नवराज पौडेलले बिज्ञप्ती प्रकाशित गरेर सोमबार कांग्रेसले गर्ने बिरोध कार्यक्रम पनि स्थगित गरेको जनाएको छ । आचार्यको निधनमा झण्डा झुकाउने कार्यक्रम रहेकोले जिल्ला स्तरीय बिरोध कार्यक्रम स्थगित भएको बिज्ञप्तीमा उल्लेख छ ।
आचार्यको निधनमा नेपाल पत्रकार महासंघ बागलुङले पनि बिज्ञप्ती निकालेर दुःख व्यक्त गरेको छ । उनले पत्रकारीता क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै महासंघले दुःख व्यक्त गरेको हो ।
आचार्यको निधनमा नेपाल प्रेस युनियनले पनि बिज्ञप्ती प्रकाशित गरेर दुःख व्यक्त गरेको छ । अध्यक्ष प्रदिप पन्तले बिज्ञप्ती प्रकाशित गरेर युनियनका पूर्व अध्यक्षको निधनले पत्रकारिताको अगुवा गुमाउनु परेको भन्दै दुःख व्यक्त गरेको हो । दुवै बिज्ञप्तीमा शोकसन्तप्त परिवार जनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना पनि गरिएको छ । जैमिनी नगरपालिका ५ स्थायी घर भइ बानपा १ रामरेखा बस्ने मृतक आचार्यका एक श्रीमती, एक छोरा र दुइ छोरी छन् ।





