आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

माया र पैसाले बिग्रेको सम्बन्ध र उजाडिएको जिन्दगी

माया र पैसाले बिग्रेको सम्बन्ध र उजाडिएको जिन्दगी


  • दिल प्रसाद पौडेल
  • फाल्गुन २ २०७७, आइतबार

मनका हांगाहरु वसन्तको हावाहुरीले बेस्सरी चोईटाईदिएको छ । के गरु के नगरौ बेचैन मुद्रामा एकोहोरो पैसा कमाउने उपाय खोज्दै छु । जिबनको उत्तरार्धतिर आईपुग्दा पनि न पारिवारिक साथ न पैसाको जोहो, न सम्पत्ती न आफन्तको समर्थन । यो सांसारिक रंगमञ्च नै मेरो जिबनमा उदाङ्गो बनेको आभाष भैरहेको छ । जीवन र जगतमा केही गर्छु भन्ने सुनौला सपना बुनेर पर्दापण भएको यो बिचरो कसैको बन्न सकेन । सदा सर्बदा जिबनमा अवरोध, उपहास, तिरस्कार र घृणित पात्र बनेर गुजरिरहेका मेरा दिन न अब कहिल्यै फर्कने नै सक्छ न त्यो अतीत बिर्सन सक्ने छु । आज सबैले प्रणय दिवस मनाईरहदा आफू भने कारुणिक संसारमा करुणाको क्रन्धित आवाज लिएर भौतारिरहेको छु बेवारिसे मान्छे बनेर । कसैले तेरो घर कहाँ हो भन्दा छैन भन्छु । कसैले तेरो सम्पत्ती ? भन्दा छैन भन्छु । कसैले तेरा दाजुभाई ? भन्दा केही बर्ष पहिल्यै बिघटन भएपछि टाढिए भन्छु । कसैले तेरो श्रीमतीभन्दा बिहेपछिका तिनवटा दिन सम्झिन्छु र छैन भन्छु । कसैले छोराछोरी ? भन्दा असार बीस गते सम्झिन्छु र काठमाण्डुमा पढ्दै छ भन्दिन्छु । वास्तबिकताको भवसागरमा पिडासंगै मौनता र चित्कार बोकेर चुर्लुम्म डुब्दै जाँदा एकमुठी श्वास बचाउन संघर्ष को बागचाल हानेर फेरि तैरिईरहेको महषुस गर्छु ।
हरेक पक्षबाट बिचलित एउटा जीवन आखिर यस्तै रहेछ भन्छु र अलिकती अल्कोहलसंग चुरोटको सर्काे लिएर धिक्कार्छु आफ्नो जिन्दगीलाई । जन्माउने बाबू–आमालाई के दोष तर आफ्नै जीवन भार भएपछी जति गरेपनि उसैले गरेको भएपछि जति कमाए पनि उसैले कमाएको ठहर गरेपछि आजभोली लाग्छ चुनौती रहेछ जिन्दगी, मलाई कसैले भ्यालेन्टाईन डेको स्ट्याटस सामाजिक सञ्जालमा राख्दा पनि उथलपुथल हुने गर्छ । माया एउटासंग र जीवन एउटासंग बिताउने प्रण गरेकाहरुगंग बच्नुपर्दोरहेछ । आकाशका तारा झारिदिन्छु र यो संसारमा मेरो प्राण नै त होस् भन्नेले मुटु झिकेर लगेको पत्तोसमेत पाईन्न रैछ । शुरुमा बाबू–आमा त्यागेर आउनेहरु माया र पैसाले मातेपछि एक्लो बनाएका उदाहरण प्रशस्तै भेटिन्छन् ।
कतिपय पैसाको लागि क्षणिक माया गर्नेहरुले पैसा पाएपछि हरप्रकारबाट प्रपञ्च रच्नेहरु पनि भेटिन्छन् । हरेक पल उसकै आड भरोसा र बिश्वासमा आफुलाई समाहित गर्नु नै आफू मगन्ते बन्नुरहेछ । बिषाक्त मायाको रसास्वादनले उजाडिएको जीवन पुनः पलाउन अझै कत्ती बाधा, अबरोध र चुनौती पार गर्नुपर्ने हो त्यो त भोग्नेहरुलाई मात्र थाहा होला । जीवनमरणको दोसांधमा आईपुग्दा मान्छे जुनसुकै प्रकारका गतिबिधिमा सहभागी हुन विवश हुदोरहेछ । बनाईदोरहेछ । गोधुलीमा उजाड अनि एकान्त अनि नाङ्गो डाँडामाथी सिङ्गो ढुङ्गामाथी अलापेर रुनु शिवाय केही रहेनछ जिन्दगी । हरेक प्रगतिको पछाडी घृणाको अजेउरी पलाएपछि जीवन खोक्रो बन्दोरहेछ । आशाका त्यान्द्राहरु चुंडिएर भुंईमा झर्दा निराशाको कालो टांसिदोरहेछ । खुशीका करोडौ धर्काहरु मेटिदै जाँदारहेछन् । हररात उसकै निम्ति देख्ने गरेका सपनाहरु केलाउन नपाउदै भष्मसुर हुँदारहेछन् । तर कहिले मैले मेरी बुढीलाई दिने मायामा कमी हुन दिईन । तर आज हामी देख्छौ उसको आँखा बराबर भयन, नाक मिलेन, कम्मर मिलेन, पढाई मिलेन, जागीर खानलाई फिल्ड मिलेन त्यसैले उ मलाई मन परेन र उनी मलाई मन परिनन् । आजभोलिको माया फेसबुक र ईन्टरनेटमा सिमित हुन पुगेको छ । घरका सदस्यबीच माया सद्भाव हराउँदै गएको । श्रीमान श्रीमती बिचको माया फेसबुकको फोटोमा मात्रै सिमित हुन्थ्यो त्यो पनि बिरानो हुँदै गएको छ । घरका ढोकामा ताला लगाउन अल्छी गर्नेहरु मोबाइलमा ताला लगाउन कहिलै बिर्सेका हुदैनन् । फोनमा पराईसंग घन्टौंसम्म बोलेर न थाक्नेहरु आँखै अगाडि बसेका आफन्तसंग बोल्ने फुर्सद पाउदैनन् । अहिलेको माया धेरै बिकाउ भएको छ तर टिकाउ चाहिँ छैन । घरपरिवार, समाजले खोजेजस्तो माया एक दिनको ‘भ्यालेन्टाईन डे’ले कसरी पूरा गर्न सक्छ ? बर्षौदेखीको मनभित्रको असन्तुष्टि एउटा गुलाफ र चललेटले पूरा गर्न पक्कै सक्दैन होला ।
त्यसैले पैसै पैसाको संसारमा मायाभन्दा पैसा नै ठूलो देख्नेहरु हो आउ अब पबित्रता, न्याय, भाईचारा, निति, आत्मियता, लगाव, बिश्वास मिसिएको माया गरौ अनि आफैसंग गौरव गर्न सकौं । अरुलाई जिन्दगीभर निराश बनाउदै गर्दा तिमीहरुको आँखा कहिल्यै नछचल्कियोस् मेरो शुभकामना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->