बागलुङ, २ फागुन– विद्यामन्दिर माविले ८० औं बार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको मुल समारोहमा बोल्दै बक्ताहरुले जिल्लाकै शैक्षिक जगतलाई विद्यामन्दिरले नेतृत्व प्रदान गर्नुपर्नेमा जोड दिए ।
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले विद्यालय राजनीतिक अखडा बन्नबाट जोगिनुपर्नेमा जोड दिए । शैक्षिक विकासको लागि स्थानीय सरकारले ठुलो लगानी गरेको भन्दै केही बर्षमै शैक्षिक क्षेत्रका लागि बिनियोजन हुने बजेट बढेर जानेको उनको धारणा थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख कुश्मराज उपाध्याय, समाजसेवी देवबहादुर श्रेष्ठ, लालचन्द्र राजभण्डारी, विद्यालय व्यवस्थापन समितिका सदस्य बाबुलाल शाक्य, नेपाल मावि ताराको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्री, पूर्वविव्यस अध्यक्ष कृष्णराज शर्मा, पूर्व प्रधानाध्यापक जगन्नाथ आचार्य, पूर्वविद्यार्थी तथा पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी र विद्यार्थी छात्रा प्रिया हमाललगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयको शैक्षिक प्रगतिको लागि दिर्घसेवा गरेको भन्दै शिक्षकहरु मनबहादुर रोका, बिष्णु प्रसाद काफ्ले, याम बहादुर पोखरेल र लखन थापालाई सम्मान गरिएको थियो । पूर्व वन राज्यमन्त्री तेजेन्द्र बहादुर खड्काको स्मृतिमा स्थापना भएको ‘तेजेन्द्र बहादुर स्मृति कोष’बाट चार जना छात्रछात्रालाई दुई हजारका दरले छात्राबृत्ति प्रदान गरिएको थियो ।
विद्यालयमै स्थापना भएको हरी लक्ष्मी नाराण प्रसाद स्मृति कोषबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने छात्रा बिपना भट्टराईलाई २५ हजार र कक्षा ११ का छवटा संकायमा उत्कृष्ट ६ जना छात्रछात्रालाई ५ हजारका दरले छात्राबृत्ति प्रदान गरिएको थियो ।
त्यस्तै एसइईमा उत्कृष्ट अंक ल्याउने एक जिज्ञासा गौतमलाई दश हजार रुपैयाँ र अरु ६ जना उत्कृष्ट विद्यार्थीलाई दुईहजार पाँच सय रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।








