बागलुङ, ३ फागुन– बागलुङको काठेखोलामा युवाको कोदालो प्रहारले घाईते भएका बृद्धको उपचारका क्रममा मृत्यु भएको छ । काठेखोला गाउँपालिका–२ भीमापोखरामा कोदालो प्रहारबाट गम्भिर घाईते भएका ८४ बर्षिय याम बहादुर केसीको उपचारको क्रममा धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको हो ।
सोमबार विहान स्थानिय ३५ बर्षिय सोम किसानले कोदालो प्रहार गर्दा गम्भिर घाईते भएका केसीको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै गम्भिर घाइते भएका सोही ठाउँका विष्णुमति चापागाई र लक्ष्मी चापागाईलाई धौलागिरी अस्पताल बागलुङले पोखरा पठाएको छ । अस्पतालमा उपचार सम्भव नभएपछि पोखरा पठाईएको हो ।
उनीहरुको अवस्था गम्भिर भएकोले अस्पतालले पोखरा रिफर गरेको जनाएको छ । किसानले सोमबार विहान बाटोमा हिडिरहेका र स्थानियहरुको घरमा पुगेर बाहिर बोलाउँदै धारिलो हतियार कोदालो प्रहार गरेको स्थानियहरुले प्रहरीलाई बताएका छन् । किसानलाई दोविल्ला प्रहरी चौकी अक्षेतेले नियन्त्रणमा लिएको छ ।
घटनाको जानकारी पाएपछि घटनास्थल पुगेका दोविल्ला प्रहरी चौकी अक्षेतेले किसानलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरिक्षक प्रेम बहादुर खड्काले जानकारी दिए । अन्य चार जना स्थानीय समेत घाईते छन् । घटनाको बिबरण संकलन भैरहेको खड्काले बताए ।





