आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

रातमा ऐंठन गर्ने त्यो पुस्तक

रातमा ऐंठन गर्ने त्यो पुस्तक


  • दिवस गुरुङ
  • फाल्गुन ३ २०७७, सोमबार

जुन २५, सन् १९४७ । डच भाषामा छापिएको थियो एउटा किताब । ‘यनी फ््रयांकस् हेट एचटरहुइस – दी सिर्केट एनेक्स’ । मात्र छाएिको संख्या ३ हजार ३६ । सुरुमा त्यति बिक्री भएन, यो पुस्तक । न त चर्चा नै थियो यसको । विस्तारै जब यो जमर्नी, फ्रेन्च लगायत विभिन्न भाषामा छापियो, तब यसको चर्चा यति चुलियो कि, हालसम्म यो ७५ भन्दा बढी भाषामा छापिसकेको मात्र छैन, तीन करोड भन्दा बढी प्रति बिक्री भइसकेको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले त यसलाई बिसौं शताब्दीकै एक सशक्त पुस्तकका रुपमा समावेश गरेका पनि छन् ।
यसको अंग्रेजी संस्करण थियो, ‘ड डायरी अफ अ योङ गर्ल ।’ पन्ध्र वर्षकी कलिलो बालिका यनी फ्रयांकले लेखेकी डायरी हो, यो । जब पुस्तकको रुपमा यो बाहिर आयो, यो केवल डायरी मात्र रहेन, यो इतिहासको दस्तावेज, विश्वयुद्ध चियाउने पुस्तक अनि विशेषगरी हिटलरको शासन उदयसँगै यहुदी जातिमाथि गरिएको दमन र शोषण सूक्ष्म रुपमा अध्ययन गर्नका लागि एक खुराक बन्यो । जब मैले एक हप्ता अघि यो पुस्तक पढें, मलाई यसले लामो समय दिमाग गिथोलिरह्यो । धेरै रात निद्रा बिथोलिरह्यो । पुस्तककाहरेक क्षणलाई आफ्नै आँखाले नियाल्ने प्रयास गरे । महसुस गरें अनि मनन गरे । मनमा एक प्रकारको हुटहुटी, कौतुहलता अनि छटपटीको हुन्डरी छाइरह्यो । मनलाई हलुका बनाउनका लागि लाग्यो, यसको बारेका केही त लेख्छु, लेख्छु । अनि तयार भयो यो लेख ।
विषयवस्तु :
यो नितान्त आत्मपरक शैलीमा लेखिएको डायरी हो । यनी फ््रयांक सन् १९२९ मा जन्मिएकी थिइन्, फ््रयांकफर्ट जमर्नीमा । परिवारमा बुबा ओटो फ््रयांक, आमा इडिट फ््रयांक, दिदी मार्गोट फ््रयांक र उनी । जर्मनमा त्यस समय तानाशाही शाषक हिटलरको उदय हुँदै थियो । हिटलर र उनको नाजी पार्टीले यहुदीहरुलाई र्दुव्यवहार र शोषण गर्न थाल्यो । आर्थिक मन्दी र हिटलरको शाषणबाट बच्न उनको स–परिवार सन् १९३२ मा हल्यान्डमा बसाइसराइ ग¥यो । समय राम्रै चलिरहेको थियो । उनको बुबा जाम बनाउनका लागि चाहिने तत्व ‘पेक्टिन’ बनाउने कम्पनी चलाउँन थाले । परिवार जेनतेन चलिरहन्छ । जब सन् १९४० ताका जर्मनले हल्यान्डमाथि आक्रमण गरेर कब्जा गर्छ, तब त्यहाँ रहेका यहुदीहरुलाई खोजी खोजी लेबर क्याम्पमा पठाइन्छ । ५ जुलाई, यनीकी दिदी मार्गोटलाई लेबर क्याम्पमा पठाउन उर्दी आउँछ । त्यसपछि उनीहरु यति सशंकित हुन्छन् कि उनीहरु ज्यान जोगाउन गोप्य ठाउँमा लुक्नका लागि जाने निधो गर्छन् । उनकी बुबाले काम गर्ने अफिस २६३ प्रिन्सेनग्राटको माथिल्लो तलमा गोप्य कोठाहरु हुन्छन् । उनीहरु चारै जना त्यही पुग्छन् । उनकी बुबाका अफिसका सहकर्मीको तीन जनाको परिवार पनि त्यही आइपुग्छन् । पछि आठौं व्यक्ति फ्रिज पिफेर त्यहीँ आउँछन् ।
त्यही गोप्य भवनमा करिव २५ महिनाको कष्टकर समय उनीहरु बिताउन बाध्य हुन्छन् । जुन १४, १९४२ देखि अगस्ट १, १९४४ सम्मको विभिन्न समयका क्षणहरुलाई उनले डायरीमा उतारेका छन् । जुन डायरी उनले आफ्नो तेह्रौ जन्मदिनमा परिवारबाट उपहार स्वरुप पाएकी थिइन् ।
त्यस डायरीमा उनले २५ महिनाको त्यस गोप्य भवनमा बस्दाको दुःख, पीडा अनि कष्टकर क्षणहरुलाई उतारेका मात्र छैनन्, एउटा कलिलो बालिकाको विश्व शान्ति, युद्धको पूर्णविराम, मानवता र आफ्नो पहिचानका विषयमा पाको र सशंक्त विचारहरु समेत समावेश गरेकी छिन् । त्यहाँ गोप्य रुपमा बन्द कोठामा बस्दा आर्थिक, मानसिक र शारीरिक पीडाले एक अर्काबीच उत्पन्न कलह, झगडा र लडाइलाई उनले यसमा जोडेका छन् । उनी त्यही बस्ने (बुबाका सहकर्मीका छोरा) सत्र वर्षीय पिटरसँग प्रेममा फस्छन् । यही विषयलाई उनले कलात्मक तरिकाले प्रस्तुत गरेकीछिन् । विभिन्न चुनौती माझ पिटरसँगको प्रेमले उनलाई केही राहत दिलाउँछ मनमा । अचानक अगस्ट १, १९४४ मा डायरी रोकिन्छ । किनकि त्यसको तीन दिन अर्थात अगस्ट ४ मा उनीहरु लुकेको ठाउँ विशेष सुराकीको आधारमा पत्ता लाग्छ र उनीहरु सबै आठै जना प्रक्राउ पर्छन् ।
पुस्तकको सशक्त पक्ष :
एउटा कलिलो बालिकाले यति सम्म सोच्न, बुझ्न, महसुस अनि लेख्न सक्ला भनेर पुस्तक अन्तिमसम्म पढिरहँदा कुनै पाठकलाई नलाग्ला । हुन त यो अंग्रेजीमा अनुवादित पुस्तक पढेको थिए मैले । लेखनशैली, शब्दको चयन अनि मिठास उस्तै लोभलाग्दो । उस्तै कलात्मक विम्बको प्रयोग । विभिन्न विषयमा ज्ञान राख्ने उनको आनीबानी, कलिलै उमेरमा विभिन्न प्रसिद्ध पुस्तकहरु पढेर मनन गर्न सक्ने दखलता र त्यसबारे शब्दमा पोख्न सक्ने उनको कौशलता पुस्तकको अर्को मिठास पक्ष हो ।
पच्चिस महिना लामो बन्द कोठामा बस्दाको पीडा, तनाव र चुनौती उनले लेखेका छन् नै, सँगै यसलाई परास्त गर्न उनले अपनाएका उपयाहरु सम्मान गर्न योग्य छन् । विभिन्न पुस्तकहरु पढ्ने, विभिन्न भाषाहरुको ज्ञान लिने, डायरी लेख्ने आदि कुरामा उनी रमाएकी थिइन् । उनले भनेकी थिइन्, ‘म यहाँ बस्दाको अथाहा चुनौती र पीडाहरुको बारेमा सोचेर समयलाई बबार्दी र आफूलाई दुखी बनाउन चाहन्न, यही भित्रको सुन्दर पक्षलाई केलाउँदै त्यसैमा रमाउँछु र रमाउँदै छु पनि ।’
यो नितान्त त्यस समयमा लाखौं यहुदीहरुको साथमा र मानवताकै लागि बोल्ने बुलन्द आवाज मानिन्थ्यो । अझै पनि यसलाई एक प्रेरणादायी र सशक्तका पुस्तकका रुपमा लिइन्छ । प्रेम, पीडा, दुःख, कष्ट, सुख, कृतज्ञता अनि यस्तै यस्तै भावनाहरुको संगालो हो यो पुस्तक । उनको अदम्य साहस र दृढ संकल्प सबैका लागि प्रेरणाका स्रोत हुन सक्छ ।
अर्को सबल पक्ष भनेको दोस्रो विश्व युद्ध, हिटलरको क्रुर शासन र यहुदीमाथिको अत्याचार सूक्ष्म रुपमा अनूभव गराउँछ यस पुस्तकले । इतिहासको एक दस्तावेज ठान्छन् धेरै विज्ञहरु यसलाई । उनले डायरीमा लेखेकी छिन्, ‘मानिसहरु आफ्नो महानता देखाउन युद्ध गरिरहेका छन् । कति जाति र धर्मका लाखौं मानिसहरु मारिएका छन्, शोषित छन् । अरुलाई मारेर, अरुको दुःखमा मानिस कसरी विजयको जुलुस निकाल्न सक्छन् हँ ?कसरी रमाउन सकिन्छ ?कसरी मानिस आफूलाई सर्वश्रेष्ठ प्राणीको संज्ञा दिन्छन् ?’
एउटा कलिलो बालिकाको डायरी पढ्दा जस्तै चुनौती र कठिन परिस्थिति आइपर्दा पनि हिम्मत हार्नु हुँदैन, बाच्ने आशा राख्नुपर्छ भन्ने प्रेरणा मिल्छ । उनले डायरीको धेरै ठाउँमा अंकित गरेकी छिन् आशाका किरणहरु । युद्ध पक्कै अन्त्य हुने र आफ्नो अनुभवहरुको संगालो ‘डायरी’ लाई छपाउने सपना उनी देख्छिन् । उनी जीवित हुँदो हो त उनी पक्कै एक नामी लेखिका बन्ने थिइन्, उनको लेखनशैली, आत्मविश्वास अनि लगनशीलताले प्रष्ट पार्दथ्यो । तर उनी पन्ध्र वर्षकै कलिलो उमेरमा टाइफाइटले ज्यान गुमाइन् ।
विश्वव्यापी चर्चा र समर्थन :
यसले विश्वव्यापी समर्थन र चर्चा बटुल्यो । यनी फ््रयांक फाउन्डेसनले मानवताका क्षेत्रमा योगदान पु¥याउने महान हस्तीहरुलाई सम्मान गर्ने क्रममा साउथ अफ्रिकाका पूर्व राष्ट्रपति एवं लामो समय रंगभेदी शासन अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका नेल्सना मन्डेलालाई सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा उनले भनेका थिए, ‘यो पुस्तक मैले हिरासतमा हुँदाताका पढेको थिएँ । यसले मलाई आफ्नो लक्ष्यमा प्रतिवद्दता भएर लाग्न प्रेरित गरेको थियो ।’
जुन १९९९ मा विश्व प्रसिद्ध टाइम्स म्यागजिनले शताब्दीकै महत्वपूर्ण प्रेरणादायी व्यक्तिहरुको लिस्टमा उनलाई समावेश गरिएको थियो ।
पुस्तकको विरोध :
जति यसले चर्चा र प्रशंसा बटुल्यो, सँगै यसले धेरै चुनौतीहरु खेप्नु पर्यो । यसलाई विभिन्न देशका विद्यालयहरुमा पाठ्यक्रममा समावेश गरियो । प्रेम, योन र विभिन्न विषयमा रहेका कुराहरुलाई लिएर कतिले यसको विरोध पनि गरे । यसले बिध्वंश मच्चाउने भनेर यसलाई निषेध गरिनुपर्ने आवाज पनि विभिन्न ठाउँमा नउठेका हैनन् । सन् २००९ मा आतंकवादी समुह ‘हेजबोला’ ले यस पुस्तकलाई लेबानोनको विद्यालयबाट हटाउनु पर्ने बतायो । सन् २०१० मा भर्जिनियाको विद्यालयहरुले ५० औं संस्करणको किताबमा योन र समलिंगी विषयलाई बढी प्रोत्साहन गरेको भन्दै प्रतिबन्ध लगायो ।
डायरी बाहिरका कुरा :
अगस्ट १, १९४४ मा डायरी रोकिन्छ । त्यसपछि के भयो होला ? यनी र उनको परिवारको अवस्था कस्तो रह्यो ? डायरीले कसरी पुस्तकको रुप लियो ? यी विविध प्रश्नहरुको जवाफ धेरैलाई बुझ्ने रहर र कौतुहलता हुन्छ ।
अगस्ट ४, १९४४ मा विशेष सुराकीको आधारमा गोप्य भवनमा रहेका उनीहरु आठै जनालाई जर्मन प्रहरीहरुले प्रक्राउ गर्छन् । उनीहरु पक्राउ परेसँगै उनीहरुलाई जर्मन पठाइन्छ । विभिन्न क्याम्पमा उनीहरु विभिन्न दुःख, कष्ट र अत्याचार झेल्नुपर्ने हुन्छ । खाना अभाव, स्वास्थ्य उपचारको अभाव र फोहोरमैलाले प्राय धेरै विरामी परेर मर्छन् । यनीकी आमा, दिदी, अनि अन्य अरु पनि मरिसकेका हुन्छन् बुबा बाहेक । एक जना जीवित बन्दीले भनेका थिए, ‘यनी एकदमै विरामी परेकी थिइन् । उनलाई उनको दिदीको मृत्यु बारेमा पनि कुनै खबर दिइएको थिएन । तर केही समयपछि उनले यो थाहा पाइसकेकी थिइन् । उनी पनि केही समयको अन्तरालपछि टाइफाइटले ज्यान गुमाइन् ।’ उनी मरेको आधिकारिक दिन अझै थाहा छैन । सन् १९४५ को फ्रेबुअरीको अन्तिममा वा मार्चको पहिलो सातामा मृत्यु भएको धेरैको अनुमान छ ।
मे, १९४५ मा युद्ध अन्त्य हुन्छ । आठ जनामध्ये जीवित उनका बुबा ओटो फ््रयांक आम्स्टर्डम फर्कन्छन् । उनीहरु पक्राउ पर्दा त्यही अफिसका कर्मचारी माइप र इलीले यनीका डायरीहरुलाई सुरक्षित राखेका थिए ताकि युद्धविराम पश्चात उनीहरुलाई फिर्ता गर्ने मनसायले । जब दुवै दिदीबहिनीको मृत्यु भएको थाहा हुन्छ, उनीहरुले त्यो डायरी उनकी बुबालाई दिन्छन् । जब ओटो सरसर्ती डायरी पढ्छन्, उनलाई यो डायरी छाप्ने वा नछाप्ने दोधार हुन्छ । यनीको सपना पनि लेखिका बन्ने र पुस्तक छाप्ने भएकाले ओटोले अन्त्यमा पुस्तक छाप्ने निर्णयमा पुग्छन् र पहिलोपल्ट जुन १९४७ मा डज भाषामा पुस्तक छापिन्छ । यहाँ आएर अन्त्य हुँदैन, त्यसपछिका दिनहरुमा पनि विभिन्न लेखकहरुले विभिन्न बन्दीहरुसँगको अन्र्तवार्ता लिएर उनको बारेमा धेरै पुस्तकहरु लेखेका छन् ।
दश वर्षपछि यनी फ््रयांक फाउन्डेसनको स्थापना भयो । उनीहरुले करिब २५ महिना गोप्य रुपमा बिताएको भवनलाई म्युजियमको रुपमा ३ मे, १९६० मा सुरुवातमा ल्याइन्छ । सन् २०१३ र १४ मा मात्र करिब १२ लाख मानिसहरुले अवलोकन गरेका थिए ।
अन्त्यमा,
यनी फ््रयांकको यो डायरी जीवनमा कम्तीमा एक पटक पढ्नै पर्ने पुस्तक हो । कठिन परिस्थितिमाझ पनि बाच्न प्रेरित गर्ने उनलाई विश्वमै एक डायरी लेखिका, मानवतावादी, नारीवादी, स्वतन्त्रप्रेमी उपनामका रुपमा चिनिन्छन् । जीवनमा उनीबाट सिक्ने धेरै विषयका ज्ञानहरु छन् । त्यसका लागि कम्तीमा एकपटक सबैले पुस्तक पढ्नै पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->