शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

कास्कीमा कांग्रेसको विरोध प्रदर्शन

कास्कीमा कांग्रेसको विरोध प्रदर्शन


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ३ २०७७, सोमबार

पोखरा, ३ फागुन– नेपाली कांग्रेसका केन्द्रिय निर्देसन अनुसार कास्कीमा समेत प्रतिनिधि सभा विघटन विरुद्ध विरोध प्रदर्शन गरिएको छ ।
कास्की कांग्रेको आयोजनामा पोखरा महानगरपालिका–२६ कालिका चोकमा विरोध प्रदर्शन गरिएको हो । विरोधसभामा सम्बोधन गर्दै पुर्व महामन्त्री एवम् केन्द्रिय सदस्य प्रकाशमान सिंहले कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लामो समयसम्म अन्धकारमा धकेल्न खोजेको आरोप लगाए ।
संसद् पूर्नवहालीको लागि कांग्रेसले नेतृत्व गर्दै अब आन्दोलन अघि बढाउने उनले बताए । संसद विघटनको सर्वोच्चमा रिट परेकाले सर्वोच्चको निर्णयले देशको भविष्यको निर्धारण गर्ने उनको भनाइ रहेको छ । ‘संविधानको संरक्षण गर्ने वा नगर्ने भन्ने अब न्यायीक निकायको हातमा छ । हामी लोकतान्त्रिक पद्धतीमा जान चाहान्छौँ ।’ राजा ज्ञानेन्द्रले समेत प्रतिनिधिसभा विघटन गर्दा सर्वोच्चले नै फैसला गर्दै लोकतन्त्रको रक्षा गरेको स्मरण गर्दै नेता सिंहले पुनः सर्वोच्चले संविधानको मर्म बुझेर निर्णय गर्नेमा विस्वास रहेको बताए ।
विरोध प्रदर्सनमा पुर्व कानुन मन्त्री यज्ञबहादुर थापा, कांग्रेस नेता शुक्रराज शर्मा, कास्की कांग्रेसका सभापति कृष्ण केसी, उपसभापति आइबहादुर गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->