शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

सत्तामा बसेर राज्यशक्ति र श्रोत दुरुपयोग नगर्न कास्कीका नेताहरुको आग्रह

सत्तामा बसेर राज्यशक्ति र श्रोत दुरुपयोग नगर्न कास्कीका नेताहरुको आग्रह


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ४ २०७७, मंगलबार

पोखरा, ४ फागुन– पोखराको रेडियो अन्नपूर्णले नेताहरुसँगको सामूहिक छलफल कार्यक्रम द राउण्ड टेवल सुरु गरेको छ । समसामयिक विषयमा मन्थन गर्ने र निष्कर्ष निकाल्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।
कार्यक्रममा बोल्दै नेपाली कागेंस कास्कीका सभापति कृष्ण केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको शक्ति दुरुपयोग गरी आफ्नो पार्टीको स्वार्थको लागि जनताको काम नगरी सडकमा आएको आरोप लगाए । सत्तामा बस्ने अनि राज्यको सेवा सुविधा लियर पार्टीको कार्यक्रममा अन्यत्र जाने प्रधानमन्त्रीको कदम तत्काल सच्चिनुपर्ने उनको भनाई थियो । उनले भने, सत्ताको दुरुपयोग गरेर देश दौडाहमा सडकमा गएकोमा आपत्ति जनाए । संसद विघटनको विरोधमा कांग्रेस पनि चरणवद्ध आन्दोलनमा आएको रहेको बताउँदै प्रधानमन्त्रीको कदम असंवैधानिक भएको उनको जिकिर थियो ।
नेकपा (ओली समूक) का कास्की अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले प्रधानमन्त्री ओलीले संसद विघटन नगरेको भए देश आजभन्दा बढी अराजकता तर्फ जाने जिकिर गरे । उनले दाहाल नेपाल समूहले आत्मआलोचना गरी आएमा पार्टी एक भएर अघिबढ्न सक्ने सम्भावना रहेको उनको भनाई थियो ।
कायक्रममा बोल्दै नेकपा (दाहाल÷नेपाल समुह) का नेता बखानसिंह गुरुङले आफुहरु संविधानको रक्षाको लागि र प्रतिगमनविरुद्ध बाध्य भयर सडकमा उत्र्रिन परेको दाबी गरे । उनले भने प्रधानमन्त्री ओलीले तानाशाह प्रवृत्ति अपनाएर देशलाई अस्थिरता तिर लैजाने काम गरेको बताए ।
जनता समाजवादी पार्टी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङले देशमा अस्थिरता र अराजकता बढ्ने खतरा बढेकोले अब देशका सवै राजनीतिक पार्टी एक भई प्रतिगम विरुद्ध लाग्नुपर्ने बताए । कार्यक्रमको रेडियो अन्नपूर्णकर्मी वाशुदेव मिश्रले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->