शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

प्रदेशमा कुर्ची टेबल किनेर सरकार शुरु गर्यौ : मन्त्री किरण गुरुङ

प्रदेशमा कुर्ची टेबल किनेर सरकार शुरु गर्यौ : मन्त्री किरण गुरुङ


  • किरण गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्री, गण्डकी प्रदेश
  • फाल्गुन ४ २०७७, मंगलबार

एउटा कुरा त तीन बर्षमा गण्डकी प्रदेश सरकारको संरचना तयार बनायौं । सरकार स्थापना ग¥यौं । नीतिगत कामहरु पनि हामीले सम्पन्न गरेका छौं । आवश्यक पर्ने कानुनहरु, कार्यविधीहरु हामीले निर्माण गरेका छौं । जनतालाई प्रदेश सरकारको अनुभुती दिने गरी हामीले विकास निर्माणका कामहरु आफ्नो अधिकार क्षेत्रभित्र रहेर अघि बढाएका छौं ।
यो तीन बर्षको शुरुमा काम देखिएको थिएन । प्रतिफल देखिने गरी हामीले कयौं योजनाहरु, भौतिक निर्माणका कामहरु सम्पन्न गरेका छौं । एउटा कुरा, हामीले महत्वपूर्ण अभियानहरु शुरुकै बर्ष घोषणा गरेका थियौं । जस्तो कि उज्यालो प्रदेश बनाउने, आधारभुत खानेपानीका समस्या समाधान गरेका छौं । गाउँ गाउँमा एक घर एक धारा खानेपानीको कार्यक्रम अघि बढाइराखेका छौं । त्यस्तै, प्रदेश गौरवका मार्ग भनेर हामीले मानपुरदेखि डेढगाउँसम्मको मोटरमार्गलाई बहुबर्षीय ठेक्का अगाडी बढेको छ । शालीग्राम करिडोरका काम पनि अघि बढाएका छौं । प्रत्येक निर्वाचन क्षेत्रमा सडक पिच गर्ने काम पनि अघि बढेका छन् । गाउँपालिकाका केन्द्र र वडाका केन्द्र जोड्ने सडकका काम पनि अघि बढेका छन् ।
मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँका कार्यक्रम अघि बढेका छन् । होमस्टेहरु व्यवस्थित भइरहेका छन् । पर्यटन गन्तव्य बनाएका छौं । जिल्ला अस्पतालको स्तरोन्नती गर्ने, आइसियु कक्ष स्थापना गर्ने, करारबाट भएपनि जनशक्तीको व्यवस्था गर्ने काम अहिले भएका छन् । यस्ता धेरै काम अघि बढेका छन् । शुरुमा केही समस्या पर्ने नै भयो । शुरुमा बजेट बनाउँदा कुनै पनि योजनाको लागत स्टिमेट पनि थिएन । विस्तृत आयोजना प्रतिवेदन पनि थिएन । सम्भाव्यता अध्ययन पनि थिएन । शुरुका बर्षहरुमा हामीलाई धेरै अप्ठ्यारो प¥यो । कर्मचारीको हामीलाई अभाव रह्यो । माथिबाट कर्मचारी आउनुपर्ने तर शुरुका बर्षमा आएनन् । यसले  शुरुका दुई बर्ष हामीलाई अप्ठ्यारो भयो । अझ पनि हामीलाई समस्याहरु धेरै छन् । तर पनि हामीले आशा गरे अनुसार उपलब्धी, प्रतिफल प्राप्त गर्ने गरी अगाडी बढेका छौं ।
हामीले प्रदेशका काम शुन्यबाट शुरु ग¥यौं । कर्मचारी भर्ना गर्ने, ल्याउनेदेखि लिएर कुर्ची टेबल निर्माण गर्ने, कानुनी प्रबन्ध गर्नेदेखि लिएर सबै काम हामीले ग¥यौं । माथी संघमा त अब बनिबनाउ थियो । गएर कुर्चीमा बसेपछि त्यहाँ एउटा संयन्त्र थियो, त्यो संयन्त्रले काम गथ्र्यो । अहिले जम्मै हामीले बनायौं आफैले । संघमा र प्रदेशमा धेरै फरक छ ।
संघमा मन्त्री हुन भन्दा त प्रदेशमै मन्त्री हुन ठिक भो अहिले । चुनौती जहाँ छ त्यहीं काम गर्न ठिक लाग्छ मलाई । माथि संघमा त त्यस्तो थिएन । केन्द्रिकृत शासन प्रणाली मन्त्री भइन्थ्यो, झण्डा हल्लाइन्थ्यो । बजेट निश्चित हुन्थ्यो, स्रोत सुनिश्चित हुन्थ्यो । अब यहा त सियो खोजे झैं सबै कुरा खोज्नुपर्छ । यहाँ त सबै योजना हामीले बनाउछौं । माथि त पहिलेदेखि नै बनेर आएका थिए । अहिले नि त्यस्तै छ संघमा । तिनै कुरालाई निरन्तरता दिने काम मात्र त हुन्थ्यो संघमा । मैले भनिहाले यहाँ त हामीले कुर्ची टेबल किन्ने काम बाटै सरकार शुरु ग¥यौं । यसरी अघि बढ्दैछौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->