बागलुङ, ६ फागुन– मानवअधिकार र प्रजातन्त्र एक अर्काका परिपुरक भएको एक कार्यक्रमका सहभागिले बताए । प्रजातन्त्र दिवशको अबसरमा आयोजित अन्तरक्रियामा उनीहरुले प्रजातन्त्रले पुर्णता पाउन मानवअधिकार पालना भएको हुनुपर्ने बताए ।
गैरसरकारी संस्था महासंघ बागलुङ शाखाले बिहिवार आयोजना गरेको अन्तरक्रियामा सहभागिले समाजको अर्थव्यवस्थाभित्रको असमानताको खाडल पुरिएपछि मात्रै मानवअधिकारको प्रश्न उठ्न छाड्ने समेत बताए ।
कायृक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले २००७ सालदेखि अहिले सम्म आइपुग्दा समाज बिकास, चेतनाको बिकास र देशबिदेशको अबस्था अनुसार प्रजातन्त्रको परिभाषा पनि फराकिलो बन्दै गएको बताए । ‘२००७ सालमा राणाबाट जनताको पक्षमा शासन व्यवस्था ल्याउनुनै ठूलो उपलब्धी थियो, तर अहिले जनताको पक्षमा निर्णय लिन नसकेमा गणतन्त्रबाटपनि जनताले मुक्ती पाउन सक्दैनन्’ ढुंगानाले भने, ‘अब आम जनताले जनगणतन्त्रको नारा लाउने समय आइसकेको छ ।’ समाजबाद उन्मुख राज्य व्यवस्था भएकोले हरेक क्रियाकलापमा प्रगती उन्मुख भैरहनुपर्ने उनले बताए ।
कार्यक्रममा ढुंगानाले संसद पुनस्थापना भएपनि नभएपनि आउने परिणाम खतरायुक्त भएको भन्दै अधिकारको रक्षा र थप उपलब्धीकालागि अगाडि बढीरहनुपर्ने धारणा राखे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले खानलाउन पाउने अधिकार सँगै जनताले अभिव्यक्ती स्वतन्त्रतापनि चाहेको बताए । उनले प्रजातन्त्रका सबै सूचकमा खेल्दै स्वतन्त्र र सार्वभौम नागरिकको रुपमा बाँच्न पाउने अधिकार सुरक्षित हुँदामात्रै मानवअधिकारको प्रत्याभूत हुने बताए ।
कांग्रेस सभापति दिपेन्द्रबहादुर थापाले बीपी कोइरालाको पालामै प्रजातन्त्रको आन्दोलन अगाडि बढेको भन्दै अझै यसले पूर्णता नपाएको बताए । प्रजातन्त्रको खोजी गरिंरहँदा जनताले पठाएका प्रतिनिधिहरुनै बेइमान बनिरहेको उनको टिप्पणी समेत थियो । जनताको प्रतिनिधि भएर संसद र अभिव्यक्ति स्वतन्त्रतामा हनन् गर्न थालेपछि जनताले फेरी मानवअधिकारको नारा लगाउन बाध्य भएको समेत उनले बताए ।
अन्तरक्रियाकालागि अधिवक्ता राम शर्माले अबधारणा पत्र प्रस्तुत गरेका थिए । शर्माले मानवअधिकारका धेरै आयाम भएपनि गासबास कपास सहित अभिव्यक्ति स्वतन्त्रतापनि उत्तिकै आवस्यकताको रुपमा आएको बताए । साथै राज्यले ती सबै अधिकार रक्षा गर्नुपर्ने आबस्यकता औल्याए । मौलिक अधिकारको रुपमा स्थापित हकलाई राज्यले अनिवार्य दिनुपर्ने र नदिएमा मुद्दा लडेरपनि पाउने अधिकार नेपालको संविधानले दिएको भन्दै नेतृत्वको इच्छाशक्तीमा धेरै अधिकार पाउन सकिने बताए ।
गैसस महासंघ बागलुङ शाखाका अध्यक्ष मुक्तीराम सापकोटाको अध्यक्षता, सचिव मणीभद्र शर्माको संचालन र सदस्य राज थापाको स्वागतमा सम्पन्न कार्यक्रममा मालिका सेवा समाजबाट संकलित रकम मृगौला पीडितलाई हस्तान्तरण समेत गरिएको थियो । मालिकाका २५ बर्षिय सन्तोष किसानको मृगौलामा समस्या भएपछि उपचाररत छन् । उनको उपचारकालागि स्थानीय फूलप्रसाद सापकोटाको अगुवाईमा बिभिन्न देशमा काम गरेका युवाले संकलन गरेको ४६ हजार रुपैयाँ किसानलाई हस्तान्तरण गरिएको थियो ।





