पोखरा, ६ फागुन–नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि सडकबाट अदालतलाई दबाब दिनुपर्ने बताएका छन् । पार्टी सभापतिसंगै पोखरा आएका पौडेलले राष्ट्रिय मगर संघको गण्डकी प्रदेश भेलामा बोल्दै पौडेलले संसद् पुर्नस्थापना सडकबाटै हुने बताए । उनले लोकतन्त्रको रक्षाका लागि अदालतको निर्णय कुरेर कांग्रेसले बस्न नहुने बताए ।
कम्युनिष्ट सरकारले असंवैधानिक कदम चालिरहँदा कांग्रेस अदालत कुरेर बस्न सक्छ ? हामी अदालत कुर्दैनौ हामी आन्दोलनमै जान्छौ । सडकले नै लोकतन्त्रको रक्षा गर्न सक्छ । लोकतन्त्रको उत्तरदायि को ? देशको राजनितिक पहरेदार गर्ने को ? लोकतन्त्रको रक्षा गर्दै विकास गर्न सक्ने भरोसाको केन्द्र भनेकै कांग्रेस हो । त्यसैले सबै एक भएर लागि परौँ’ पौडेलले भने ।





