बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘थलिएको पर्यटन प्रवद्र्धन गरौं’

‘थलिएको पर्यटन प्रवद्र्धन गरौं’


  • ढोरपाटन संबाददाता
  • फाल्गुन ७ २०७७, शुक्रबार

बागलुङ, ७ फागुन- बागलुङका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र कोरोनाले थलिएका क्षेत्रको पुर्नउत्थानकालागि बुधवार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सरोकारवालाले बागलुङका सबै पर्यटकीय क्षेत्रको अन्तरसम्बन्ध बिस्तार गर्ने र त्यसकालागि सबै मिलेर काम गर्ने बताए । साथै प्रवद्र्धनात्मक कार्यक्रमकालागि पर्यटन बोर्ड लगायतको साथ र सहयोग जुटाउन पहल गरिने भएको छ ।
हालै गठन भएको आन्तरिक पर्यटन उत्थान समिति बागलुङका संयोजक अर्जुन चोखालले सबै क्षेत्रको प्रवद्र्धनकालागि साझा कार्यक्रम बनाउने बिषय उठाएपछि नेपाल पर्यटन बोर्डका निर्देशक काशीराज भण्डारीले कार्यक्रम बनाएपछि बोर्डले कुनै न कुनै रुपमा सहयोग गर्ने बताए । ‘पहिलो चरणमा आन्तरिक पर्यटन प्रवद्र्धन गरौं, बिदेशी देशहरु खुला भएपछि बिदेशी पर्यटक अट्ने वातावरण बन्दै जानेछ’ भण्डारीले भने, ‘प्रवद्र्धनात्मक कार्यक्रम मार्फत भएपनि अभियानमा साथ दिन तयारी गरेका छौं ।’ बोर्डले सबै क्षेत्रको प्रवद्र्धनकालागि व्यानर निर्माण देखि अध्ययनकालागि पनि साथ दिने बताए ।
कार्यक्रममा समितिका गण्डकी संयोजक अग्नीप्रसाद कंडेलले हरेक व्यवसाय सक्षम व्यवसायको रुपमा बढेपछि आर्थिक समृद्धिमा पुग्न सकिने बताए । ‘रेमिट्यान्सलाई सदुपयोग गर्ने र व्यवसायमा लगाउने हो भने रोजागरीपनि बढ्नेछन्’ उनले भने, ‘सुसुप्त पर्यटन चलायमान भयो भने बिदेशिने युवाले गाउँमै उद्यम व्यवसाय चलाएर बस्नेछ ।’ हरेक पर्यटन क्षेत्रमा कुनै न कुनै गतिविधि हुने गरी काम गर्न उनले सुझाव दिए ।
कार्यक्रममा नाटा गण्डकीका अध्यक्ष संजय सिग्देलले हरेक क्षेत्रको प्रवद्र्धनमा साथ दिने बताए । ‘हामीले प्याकेज बेच्छौं त्यसैले तपाइका हरेक क्षेत्र घुम्न आउने बनाउनुहोस्’ उनले भने, ‘पोखरा आएका हरेक पर्यटक बागलुङ जानै पर्छ भन्ने सन्देश दिनुपर्छ ।’ बागलुङ पर्यटन समितिका अध्यक्ष राजु खड्काको अध्यक्षता, अर्जुन चोखालको संचालनमा सम्पन्न कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका महासचिव नरेश कंडेल, व्यवसायी राज थापा र खिमानन्द कंडेल र पत्रकार किरण आचार्य लगायतले बागलुङको पर्यटकीय संभावना बारे बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->