बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दुलेगौंडामा दुर्घटना, स्कुटर चालक भट्टराईको मृत्यु

दुलेगौंडामा दुर्घटना, स्कुटर चालक भट्टराईको मृत्यु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०७७, आइतबार

दुलेगौँडा (तनहुँ), ९ फागुन – दुलेगौँडामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–८ ढोरफिर्दीका २० बर्षीय सन्देश भट्टराई रहेका छन् ।

गाछेपानीबाट दुलेगौँडातर्फ आईरहेको ग १३ प ६३२ नम्बरको स्कुटरसित विपरित दिशाबाट आईरहेको ग १९ प ३७०६ नम्बर मोटरसाईकल शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा बसपार्क नजिकै विहान साढे ६ बजे एक आपसमा ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । गम्भिर घाईते भट्टराईको पोखरास्थित गण्डकी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको उनले वताए ।

मोटरसाईकल चालक शुक्लागण्डकी–३ हटियाका अमृत श्रेष्ठको पनि सोही अस्पतालमा उपचार हुदैछ । श्रेष्ठको टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको रेग्मीले जानकारी दिए । विहान बाक्लो हुस्स लागेको र तिब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको अनुमान प्रहरीको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->