पोखरा, ९ फागुन– गण्डकी प्रदेशका संसाद रामजी प्रसाद बरालले देशमा हाल कोरोना विरुद्धको खोपको आवश्यकता कि बेमौसमको चुनाव आवश्यकता हो ? भनी प्रश्न गरेका छन् । नेकपा पोखरा २२ (पुम्दीभुम्दी) को आयोजनामा शनिबार पोखरा २२ मा आयोजना भएको प्रतिगमन विरुद्ध विरोध कार्यक्रममा सम्वोधन गर्दै नेकपा गण्डकी प्रदेशका सदस्यसमेत रहेका सांसद बरालले अब जनताले कोरोना बिरुद्धको खोपको आवश्यकता कि बेमौसमको चुनाव आवश्यकता भनी प्रश्न गरेका हुन् ।
हुँदाखाँदाको दुई तिहाई बहुमत भएको संसद विघटन गरी ३० औं अर्ब लाग्ने बेमौसमको चुनाव रोज्ने की कोरोनाबाट बच्न खोप रोज्ने अब जनताले यसमा निर्णय लिनुपर्ने समय आएको सांसद बरालले बताएका छन् । ५ बर्षसम्म संसद विघटनको कुनै अधिकार नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अनिर्णयको बन्दी बनाई देशमा अस्थिर निम्त्याउने गरी प्रतिगमनकारी कदम चालेकोले त्यसको बिरुद्ध अब जनता जाग्नुपर्ने समय आएको उनको भनाई थियो । प्रधानमन्त्री ओली पक्षधरहरुले सक्ताको दुरुपयोग हुने गरी जनतालाई सडकमा उतार्ने गरेको सांसद बरालको आरोप थियो । न्यायालयले उचित न्याय दिलाउन नसके देशमा आगो बल्ने चेतावनी दिदै सांसद बरालले प्रधानमन्त्री ओलीसमेत नरहने दाबी गरे ।





