बागलुङ, ९ फागुन– खरबारी सडकले मासेका छन् । सम्मो ठाउँ जग्गामा रहेका खरबारीमा खोजी खोजी मुलसडकहरु निकालिएकाछन् । भीरपहरामा लहलह देखिने खर काट्नै कठिन् । अफ्ठेरा भीर पहरामा पुगेर खर काट्न अहिलेका युवापस्ताले मान्दैनन्, बृद्धबृद्धाले सक्दैनन् ।
बर्षायाममा राम्रो बर्षाहुने र हिउँदको खरकाट्ने सिजनमा काम गर्ने खेताला (ज्यालामा कामगर्ने मान्छे) भेटीए मात्रै घरको छानो फेर्न पाईन्थ्यो । अझै पछिल्लो पुस्ताले त खर वा परालको छानो बनाउने सिप नै सिकेकेका छैनन् । सिपको अभावमा छाएको खरले के पानी छेकोस् ।
हिउँदका महिना जसोतसो कटेपनि बर्षामा चुहीने पानीने चुल्होमा पोखरी बनाउँथ्यो । खरले छाएको लामो गोठ बनाएर त्यहिँ भान्छाको प्रबन्ध गर्नुपर्ने । पानीको ओत लाग्नुन हो । गोठ होस वा घर कठिनका दिनरात कटेकै थिए । यस्तै समस्या थियो जैमिनी नगरपालिका, ३ का डिलबहादुर बिकलाई । आँफैले छानो फेर्न आर्थिक अबस्था कमजोर । खरको अभाव, आर्थिक अभाव र सिपको अभावमा बर्षाका कठिन दिनहरु कटाईरहेका उनी जस्तै जैमिनी नगरपालिकामा खरको छानो भएका कसैलाई अव भने चुल्होमा पोखरी देख्नु पर्दैन ् । डिल बहादुरले अहिले १८ हात लामो घर बनाएका छन् । गोठमा बस्ने उनी अहिले जस्तापाताले छाएको घरमा बस्छन् । नेपाल सरकारले ल्याएको घर तथा फुसका छाना विस्थापित गर्ने कार्यक्रम अन्तर्गत जैमिनी नगरपालिकाले धमाधम खरका छाना फेरेर जस्ता पाता वितरण गरिरहेको छ । “सरकारले जस्ता दिने भनेपछि गोठमा बस्नेहरुले पनि घर बनाएका छन्, घरमा खुसी छाएको देखियो” जैमिनी नगरपालिका राजश्व परामर्श समितिका सदस्य बिष्णु आचार्यले भने “सानो तर मानव जीवनमा घरको छाना महत्वपूर्ण रहेको अनुगमनमा पायौं ।” दमेकका खगी बिक, चन्द्रकला बिक, नन्दकली श्रीष लगायतले यो बर्ष घरको छानो जस्ताले मात्रै बनाएनन् नगरले जस्तापाता दिँदा आफैले मेहनत गरेर बलियो गाह्रो पनि लगाए । जैमिनी नगरपालिका भित्रका खरका छाना विस्थापन कार्यक्रम अन्तर्गत सुचिकृत भएका कुल घर धुरी संख्या ९ सय ८७ छ । ती मध्ये चालु आर्थिक बर्षमा ७० प्रतिशत घरमा जस्ताको छानो बनाउने योजना नगरपालिकाले बनाएको थियो । यो बर्ष बनिसक्नुपर्ने ६ सय ९१ घर धुरीरहेकोमा हालसम्म २ सय ४० घर धुरीहरुलाई जस्तापाता उपलब्ध गराइएको नगर प्रमुख इन्द्रराज पौडेलले बर्ता । नगरपालिकाबाट जस्तापाता पाएका जैमिनी बासीले घरको मर्मत समेत गरेका छन् । वडा कार्यालयहरुको सिफारिसमा लाभग्राहीलाई घरको साइज अनुसार प्रति घर १८ पाता देखि बढिमा ६६ पाता सम्म जस्तापाता उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । गतबर्षबाट सुरु भएको कार्यक्रम आगामि आवमा सबै घरमा जस्ता पाता लगाएर सकिने नगरपालिकाले जनाएको छ । “नागरिकको सुरक्षीत आवास हाम्रो दायीत्व हो” नगरप्रमुख पौडेलले भने “हामिले सुकुम्बासीको लागि घर बनाउने रकम समेत दिएका छौं ।” जस्ताको नाप अनुसार ५० हजारदेखि ८० हजार सम्मका जस्तापाता उपलव्ध गराएको नगरपालिकाले जनाएको छ ।





