मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

गलुवामा पिकअप खस्यो, पाँच जना घाईते

गलुवामा पिकअप खस्यो, पाँच जना घाईते


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०७७, आइतबार

बागलुङ, ९ फागुन– यात्रु बोकेर बागलुङ बजारदेखि भकुण्डेका लागि हिँडेको ग१ज १०२२ नम्बारको पिकअप भ्यान दुर्घटना हुँदा चार जना घाईते भएका छन् । आईतवार साँझ बागलुङ नगरपालिका–१० गलुवाको कमेरे भन्ने ठाउँमा पिकअपभ्यान सडक देखि १५ मिटर तल खसेको हो । भ्यानमा सवार बानपा–१० भकुण्डेका ७५ बर्षिय बम बहादुर खत्री, ५७ बर्षिय भगत थापा, ४० बर्षिय बल बहादुर थापा, ३० बर्षिय खेम बहादुर थापा र बानपा–१३ कि ३३ बर्षिय शान्ति रिजाल घाईते भएका हुन् । घाईतेमध्ये ७५ बर्षिया खत्रीको शरिरका बिभिन्न ठाउँमा चोट लागेको छ । खत्री र भगतलाई धौलागिरी अस्पताल बागलुङमा समान्य उपचारपछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाईएको छ । अन्य तीन जनाको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनीहरुको घाउको, हात र खुट्टामा चोट लागेको छ । गुडिरहेको भ्यान एक्कासी सडकभन्दा तल बारीमा खसेको थियो । ‘ठाउँ अफ्ठेरो पनि छैन्, सजिलो ठाउँमा खसालेको जस्तै गरेर भ्यान खसेको छ’ ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख शिव प्रसाद पाठकले भने ‘चालकले माधक पदार्थ सेवन गरेर सवारी चलाएकाले दुर्घटना भएको हुनसक्छ ।’ पिकअप भ्यानका चालक भकुण्डेका ४० बर्षिय रुपक थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले माधक पदार्थ सेवन गरेनगरेको परीक्षण भैरहेको पाठकले बताए । भ्यानमा ६ जना यात्रु सवार थिए । अन्य दुईजना भने शकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->