बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ

तनहुँमा जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०७७, सोमबार

तनहुँ, १० फागुन – तनहुँमा जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ परेका छन् । छुट्टाछुट्टै घटनामा दुई जनालाई पक्राउ गरिएको हो ।
यहाँको घिरिङ गाउँपालिकामा नाबालिका र ऋषिङमा महिलालाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले आईतबार र सोमबार पक्राउ गरेको हो ।
घिरिङ गाउँपालिका–१ की नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा स्थानिय ३१ बर्षीय बोमबहादुर दरैलाई नियन्त्रणमा लिएको तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले बताए । ती पुरुषलाई सोमबार पक्राउ गरिएको उनले बताए । सोमबार घर नजिकै शौचालयमा जबरजस्ती करणी गरेको उजुरी आएपछि दरैलाई पक्राउ गरीएको हो ।
यस्तै ऋषिङ गाउँपालिका–४ बस्ने एक महिलालाई जबरजस्ती करणीको अभियोगमा स्थानिय ३२ वर्षीय लक्ष्मण रानाभाटलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रानाभाटलाई आइतबार नियन्त्रणमा लिएको हो । घटना शनिबार घटेको तिमिल्सिनाले जनाए । ‘उजुरी परेपछि दुवैलाई पक्राउ गरेका छौँ । अदालत म्याद थप गरी अनुसन्धान भईरहेको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->