मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी न्यौपानेको सरुवा

बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी न्यौपानेको सरुवा


  • ढोरपाटन संबाददाता
  • फाल्गुन १४ २०७७, शुक्रबार

बागलुङ, १४ फागुन– बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको सरुवा भएको छ । मन्त्रीपरिषदले शुक्रवार ५२ जिल्लाका प्रजिअको सरुवा गरेको हो ।
न्यौपानेको सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको छ । उनको स्थानमा गृहमन्त्रालयका शिवकुमार कार्की सरुवा भएर आउने भएका छन् ।
७ महिना अघि बागलुङ आएका न्यौपानेलाई पछिल्लो समय कुशल प्रशासककै रुपमा चित्रण गर्न थालिएको थियो । छोटो समयमा सरुवा हुने क्रमलाई कर्मचारी वृत्तमा नराम्रो मानिन्छ । न्यौपानेले भने भूगोलका हिसाबले नजिक भएकोले राम्रै रुपमा लिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->