मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

क्यान्सर पीडितलाई १८ लाख उपचारखर्च सहयोग

क्यान्सर पीडितलाई १८ लाख उपचारखर्च सहयोग


  • ढोरपाटन संबाददाता
  • फाल्गुन १५ २०७७, शनिबार

बागलुङ, १५ फागुन– अर्बुदरोग (क्यान्सर)बाट पीडित गलकोट नगरपालिका–४ की ४७ बर्षिय दुर्गा सुवेदीलाई बिभिन्न संघ संस्थाले २० लाख रुपैयाँ उपचार खर्च सहयोग गरेका छन् । प्रवासमा गठन भएका बिभिन्न संघ संस्थाले सुवेदी बचाउ अभियान सञ्चालन गरेर संकलन भएको रकम हस्तान्त्रण गरेका हुन् ।
प्रवासमा रहेका नागरिकहरुको सामाजिक संस्था गलकोट समाज जापान, गलकोट स्पोर्टस् क्लब जापान, गलकोट समाज क्षेत्रीय समिति कान्तो जापान, खरुवा समाज जापान, गलकोट नुवाकोट समाज जापान बागलुङ समाज जापान लगाएतका संस्थाले अभियानमा ऐकेवद्धता जनाउदैँ सुवेदीको उपचारमा सहयोग गरेको निलुवा समाज चमुवा जापानका अध्यक्ष थम बहादुर क्षेत्रीले जानकारी दिए ।
प्रवासमा रहेका नागरिक तथा स्वदेशका बिभिन्न्न ठाँउका नागरिकको सहयोगबाट करिब १८ लाख ४० हजार ८ सय १ रुपैया संकलन भएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । उक्त रकम गलकोट नगरपालिका वडा नम्वर ४ मा अबस्थित निलुवा पर्यटकिय क्षेत्र प्रर्वद्धन समितिमार्फत हस्तान्तरण गर्ने तयारी गरि सहयोग रकम पठाए लगतै आज क्यान्सर पिडित दुर्गा सुबेदीलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->