मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

घुम्टेको बिकास र मुर्तिकला संग्राहलय बनाउन बहस

घुम्टेको बिकास र मुर्तिकला संग्राहलय बनाउन बहस


  • ढोरपाटन संबाददाता
  • फाल्गुन १५ २०७७, शनिबार

बागलुङ, १५ फागुन– बागलुङको गलकोटका दुई पर्यटकीय क्षेत्रको विकासका लागि एकमुष्ट साझेदारीको बजेट बिनियोजन भएपछि सरोकारवालाबीच बहस सुरु भएको छ ।
गलकोट नगरपालिका–५ टेउवामा राष्ट्रिय मुर्तिकला संग्राहलय निर्माण र गलकोटकै पहिचान घुम्टेको धुरी जोड्ने पहुँच मार्ग निर्माणका लागि एकमुष्ट बजेट बिनियोजन भएको छ । दुईवटा योजनाको समानान्तर विकास र प्रभावित क्षेत्रका सर्वसाधारणको हितमा हुनेगरी काम थाल्नका लागि गलकोट नगरपालिकाले सर्वपक्षिय छलफल थालेको हो ।
टेउवामा अन्तरक्रिया गरेर वडा कार्यालयले सरोकारवालासँग सुझाब संकलन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गलकोट नगरपालिकासँग ६०/४० को अवधारण अनुसार बजेट बिनियोजन गरेको छ । दुवै योजनाका लागि ७ करोड रुपैयाँ बिनियोजन भएपछि कुन योजनाको काम पहिले गर्ने भन्ने विषयमा आन्तरिक रुपमा विवाद नहोस् भनेर छलफल थालेको वडाले जनाएको छ ।
घुम्टे र मुर्तिकला संग्राहलयले गलकोटसँगै गण्डकी प्रदेशकै पर्यटन प्रर्वधन हुने भन्दै दुवै योजनाको समानान्तर विकासका लागि पहल थालिएको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।
उनले मुर्तिकला संग्राहलय र घुम्टेलाई जोडेर विकास गर्नाले गलकोटका जनताको आर्थिक अवस्था समृद्धि हुने बताए । नगरपालिकाले दुवै योजनालाई जोडेर विकास गर्नुपर्ने अवधारण अघि सारेको छ । संग्राहलय र घुम्टेको पुर्वाधार निर्माणको लागि निर्माण गरिएको डिपिआर अनुसार कार्ययोजना बनाएको उनले बताए ।
गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर रानाले सरकार तथा आम नागरिकको साझा लगानीमा निर्माण गरिएकोले संग्राहलयको संरक्षण गर्ने जिम्मेबारी सबैको रहेको बताए । उनले मुर्तिकला संग्राहलय आफैमा खुल्ला मुर्तिकला संग्राहलय रहेकोले सम्पदा संरक्षण तथा विकास गर्नु सबै क्षेत्रको दायित्व रहेको बताए ।
गलकोट नगरपालिका वडा नं. ८ का वडाध्यक्ष राम प्रसाद कँडेल, जिल्ला पर्यटन विकास समितिका बरिष्ठ उपाध्यक्ष राज बहादुर थापा, गलकोट माध्यामिक बिद्यालयका प्रधानाध्यापक देबेन्द्र बहादुर खत्री, नेपाल कम्युनिष्ट पार्टि नेकपा गलकोट नगर अध्यक्ष ललित श्रीस, नेपाली कांग्रेस गलकोट नगर उपसभापति यज्ञप्रसाद सापकोटा, राष्ट्रिय जनमोर्चाका अमर खत्री, गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेत, स्थानीय पर्यटन बिकास समिति सदस्य मन्जु शर्मा चालिसेलगायतले साझा योजना बनाएर बिकास गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->