मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

कालिका भ्रमण बर्ष सफल पार्ने अभियान सुरु

कालिका भ्रमण बर्ष सफल पार्ने अभियान सुरु

धार्मिक तथा सास्कृतिक महत्व बिषयक बहस ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०७७, आइतबार

बागलुङ, १६ फागुन– बागलुङ कालिकालाई पर्यटकीय गन्तव्य बनाउने अभियानअन्र्तगत धार्मिक तथा साँस्कृतकि महत्व विषयक प्रवचन एवं बहस कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार आयोजित प्रवचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले कालिका मन्दिरलाई विश्वका मानिसको आर्कषणको केन्द्र बनाउन सकिने बताए । त्यसका लागि स्थानीय तह, राजनीतिक दल र सामाजिक अभियान्ताको त्रिकोणात्मक पहल आवस्यक पर्ने उनले धारण राखे ।
‘स्थानीय तहले पूर्वाधारलगायतका विकासमा अपनत्व लिने, राजनीतिक दलले श्रोतको खोजी गर्ने र सामाजिक अभियान्तले महत्वको बहस गर्नुपर्छ’ उनले भने, ‘अब वडा तहमा राज्य आइसकेकोले महत्वका विषयमा लगानी गर्न चासो दिनुपर्छ ।’ शक्ती पीठ भएकोले संसारका मानिसको चासो बनाउन ऐतिहासिक महत्वलाई दर्शाउन सक्नुपर्ने उनले बताए ।
पाल्पाका राजाकी छोरी बिबाह भएर पर्वते राजाकोमा आउने क्रममा ल्याएको दाइजो स्वरुपको कालीका बसेको किंवदन्तीलाई प्रचारमा ल्याउनुपर्ने धारणा उनले राखे । यो किंवदन्तीले बुटवल, पाल्पादेखि पर्वत र बागलुङ सम्मको ऐतिहासिक सम्बन्ध उजागर गर्नुपर्ने उनको धारणा छ ।
‘अहिले कालीगण्डकी करिडोर बनेको छ, यो झनै सहज बाटो हो’ गुरुङले भने, ‘हिजो आँफै करिडोर बनाएर दक्षिणका मासिन मुक्तीनाथसम्म पुग्थे, अहिले सजिलो बाटो हुँदा धेरै आउने बनाउनुपर्छ ।’ रमणीय स्थलसमेत भएकोले बागलुङ कालिकामा विश्वका बिद्वानहरु साधना गर्न आउने बताउनु पर्ने उनले बताए ।
कालिका मन्दिरको महत्वसहितको ब्रोसर धेरै भाषामा लेखिनुपर्ने सहभागीको जोड थियो । आउने बिदेशी पर्यटकले पनि महत्व बुझेर जाने र प्रचार गर्ने अवसर पाउनुपर्ने आवाजसमेत बहसमा उठेको थियो ।
कालिका भगबती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काको अध्यक्षता, निशान खड्काको संचालनमा सम्पन्न कार्यक्रममा पूर्व राज्यमन्त्री चम्पा खड्का, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, धौलागिरी बहुमुखी क्यामपसका प्राध्यापक डा. दिनबहादुर थापा, सरस्वती बहुमुखी क्याम्पसका प्राध्यापक षडानन्द पौडेल, बागलुङ पर्यटन समितिका वरिष्ठ उपाध्यक्ष राज थापा, साहित्कार प्रेम छोटालगायतले कालिका मन्दिरको धार्मिक र पर्यटकीय महत्व तथा अझै गर्नुपर्ने व्यवस्थापनको पक्षमा धारणा राखेका थिए ।
कालिका गुठीले आगामी २०८० साललाई कालिका भ्रमण बर्ष घोषणा गरेको छ । उक्त वर्षभित्र ५० लाख भक्तजन भित्राउने लक्ष छ । यो योजनाको प्रचार तथा व्यवस्थापनका लागि थालिएको पहिलो खुड्किलोको रुपमा बहस तथा प्रवचन कार्यक्रमलाई लिइएको हो ।
साथै देशका अन्य बिभिन्न शक्तीपीठहरुको सहकार्यमा यहाँ आउने पर्यटकको संख्या बढाउने, व्यवस्थापनलाई चुस्त राख्ने र आएका भक्तजन तथा पर्यटकलाई बागलुङका अन्य क्षेत्रमा जाने वातावरण तयार गर्ने योजना गुठीले बनाएको छ ।
यसअघि गुठी, समिति र बागलुङका होटल व्यवसायी समेतले पर्यटन बोर्ड, ट्राभल व्यवसायीसँग छलफल गरेर जिल्लाका उत्कृष्ट गन्तव्यहरुको पहिचान र रुट निर्धारणको कार्यक्रम बनाएका छन् । समितिका अनुसार पञ्चकोट, गाजाको दह, घुम्टे, गलकोट, ताराखोला, ढोरपाटनलगायतका धेरै गन्तव्यलाई रुटमा समावेश गर्ने योजना बनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->