मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

सल्यानमा केन्द्रीय बिजुली

सल्यानमा केन्द्रीय बिजुली


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १७ २०७७, सोमबार

बागलुङ, १७ फागुन– बागलुङको बिकट गाउँ सल्यानमा पहिलो पटक केन्द्रीय बिजुली बलेको छ । बरेङ गाउँपालिका वडा नं. ४ मा नेपाल बिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रे सेवा बिस्तार गरेर पहिलो पटक बत्ती बालेको हो । बत्ती बाल्न पाएर स्थानीय खुसी भएका छन् ।

प्राधिकरणले यो वडामा ४५ लाख खर्चेर बिद्युत सेवा संचालन गरेको केन्द्र प्रमुख शिवनारायण गोशलीले बताए । गाउँका ११ बिपन्न परिवारलाई निशुल्क मिटर जडान समेत गराइएको छ । यहाँका बासिन्दा लामो समयदेखि लघु बिद्युतको भरमा बसेका थिए । बिद्युत सेवा बिस्तार भएपछि बालबालिकालाई पढाइमा सहज भएको स्थानीय जनबहादुर खत्रीले बताए । यो सेवा सुखौरामा पनि पु¥याइने गोशलीले जानकारी दिए । केही समय अघि प्राधिकरणले बुर्तिवाङ र बडिगाडमा पनि केन्द्रीय बिद्युतीकरण पु¥याएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->