सिक्किम । उत्तरमा तिब्बत, पूर्वमा भुटान, पश्चिममा नेपाल अनि दक्षिणमा भारतको पश्चिम बंगालले घेरिएको एक सुन्दर हिमाली ठाउँ । कुनै समय एक स्वतन्त्र राष्ट्र थियो, सिक्किम ।
पन्ध्रौ र सोह्रौ शताब्दीमा तिब्बतमा भएको द्धन्द्धका कारण त्यहाँबाट नाम्ग्याल जाति लखेटिएका थिए र उनीहरु आइपुगेका थिए सिक्किम । त्यसताका सिक्किममा त्यहाँका रैथाने लेप्चा वा रोङ जाति बसोबास गर्दै आइरहेका थिए । फुन्त्सोग नाम्ग्यालले सन् १६४२ मा पहिलो शासन गरेसँगै नाम्ग्याल जातिको शासन सिक्किममा सुरु भएको थियो ।
सन् १७०० तिरको कुरा हो । त्यसबेला सिक्किमका महाराज फुन्त्सोक नाम्ग्यालले राज्य अभिभार आफ्ना कान्छी रानीतर्फको छोरा चाडोक नाम्ग्याललाई सुम्पेका थिए । जेठी रानीतर्फकी छोरी पेन्दी वाङ मु ले भने राज्यको उत्तराधिकारी आफूले पाउनु पर्ने दाबी गरेकी थिइन् । अनि उनलाई साथ मिल्यो, भुटानी सेनाको । यही विषयलाई लिएर भुटानी सेनाले सिक्किममाथि आक्रमण ग¥यो । राजगद्दी छाडेर राजा चाडोक तिब्बतको शरणमा पुगेका थिए । त्यही समय सिक्किमको पूर्वी भू–भाग (अहिलेको कालेबुङ र वरिपरिका भूभागहरु) भुटानले कब्जा गरिसकेको थियो ।
त्यतिबेलातिरै गोरखाका राजा पृथ्वीनारायण शाह नेपालको एकीकरण सिध्याएर पूर्वतिर लम्किरहेका थिए । सन् १७८९ मा उनको टोलीले सिक्किममाथि विजय हासिल ग¥यो अनि लम्कियो तिब्बततिर ।
तिब्बतमा नेपालले आक्रमण गरेपछि तिब्बतले चीनको सहयोग माग्यो । चिनिया सेनाहरुले अन्नतः नेपालीहरुलाई परास्त गरेरै छाडे । पछि तिब्बतले सिक्किमसँग नेपालले कब्जा गरेका भूभागहरु फिर्ता गरिदिने सर्तमा सन्धि ग¥यो तर सिक्किमले गुमाएका भूभागहरु फिर्ता गर्नुको सट्टा तिब्बतले आफ्नो बनायो ।
त्यहीबेला सिक्किमको सम्बन्ध इष्ट इन्डिया कम्पनीसँग नजिकियो, किनकि सिक्किमले गुमाएका भूभागहरु फिर्ता गरिदिने बाचा कबुल इष्ट इन्डिया कम्पनीले पनि गरेको थियो । यस मित्रता पछाडि ब्रिटिसको अर्कै रणनीति थियो, सिक्किम हुँदै तिब्बत र चीनसँग व्यापार व्यवसाय गर्ने । यसभन्दा पहिला नेपालको भूभाग हुँदै तिब्बतसँग व्यापार गर्ने ब्रिटिसको योजना असफल भएको थियो । त्यसैले मात्र विकल्प रह्यो, सिक्किम हुँदै तिब्बतमा व्यापार गर्ने । यता ब्रिटिससँग सिक्किमको हिमचिम चीनले सुइँको पाइसकेको थियो । चीनले सिक्किम दरबारमा चिठीमार्फत् ब्रिटिसविरुद्ध सेना चाहिए चीनले तुरुन्तै पठाउने बताएको थियो । आखिर सिक्किम ब्रिटिस र चीनको चेपुवामा प¥यो ।
यता नेपालको एकीकरण तीव्र गतिमा अघि बढिरहेको थियो । जुन अंग्रेजहरुका लागि डरको विषय थियो । नेपाल हुँदै तिब्बतसम्म व्यापार गर्ने उनीहरुको योजना यथावत नै थियो । एक त उनीहरुले तराईका जंगलमा पाइने बहुमूल्य काठहरु माथि ¥याल काढेका थिए भने अर्को नेपालका चिसा हिमाली भुभागहरु जस्तै दार्जलिङ, सिक्किम, नैनितालबाट आफ्नो राज्य सञ्चालन गर्ने सपना बुनेका थिए । तत्कालीन बुटवल र स्युराज जस्ता ठाउँका विषयमा उत्पन्न विवादले अन्ततः अंग्रेजहरुले नेपालसँग युद्ध गर्ने घोषणा ग¥यो, नोभेम्बर १, १९१४ का दिन । नेपालको पूर्व, पश्चिम र दक्षिण गरी पाँच ठाउँबाट नेपाललाई आक्रमण गर्ने रणनीति अंग्रेजहरुले बनाएका थिए । यता नेपालको पूर्वी भागबाट आक्रमण गर्ने अंग्रेज टोलीका कमाण्डरले सिक्किमका राजासँग यस युद्धमा साथ दिन अपिल गरेका थिए । बदलामा नेपालले कब्जा गरेका सिक्किमका भूभागहरु फिर्ता गरिदिने बाचा गरेका थिए ।
पश्चिमी दुई क्षेत्रबाट आक्रमण गरेका अंग्रेजका टोलीले नेपालमाथिको युद्ध विजय हासिल गरे । फलस्वरुप नेपाल र इस्ट इन्डिया कम्पनीबिच सन् १८१६ मा सुगौली सन्धी हस्ताक्षर भयो । नेपालले नराम्रो हार मात्र बेहोरेन, तीन भागको एक भाग आफ्नो जमिन गुमाउनु प¥यो । जसमा सिक्किमका भुभागहरु पनि थिए ।
ब्रिटिसले सिक्किमसँग सन् १८१७ मा ‘तितालिया सन्धि’ हस्ताक्षर ग¥यो, जसअन्तर्गत नेपालले कब्जा गरेका सिक्किमका भूभागहरु ब्रिटिसले सिक्किमलाई फिर्ता गर्न सफल भयो ।
समयसँगै ब्रिटिस र सिक्किमको सम्बन्ध चिसिदै गयो । हिल स्टेशन अनि चियाबगानको उपनाम पाएको दार्जिलिङ ब्रिटिसले सिक्किमसँग माग्यो । हरेक वर्ष ३ हजार भारु दिने सर्तमा सिक्किमले ब्रिटिसलाई दार्जिलिङमा राज्य सञ्चालन गर्न अनुमति दियो तर केही वर्षमै ब्रिटिसले तोकिएको रकम सिक्किमलाई दिएन । यसबाट रुष्ट भएर सिक्किमका जमिन्दारहरुले दार्जिलिङमा रहेका ब्रिटिसमाथि आक्रमण ग¥यो । यस लगत्तै ब्रिटिसले पनि सिक्किममाथि आक्रमण ग¥यो र आफ्नो कब्जामा लियो । बिस्तारै ब्रिटिसको एकतन्त्रीय शासन सिक्किमभर फैलिन थाल्यो । नभन्दै सन् १८६१ मा ब्रिटिसले सिक्किमलाई ‘डिफ्याक्टो प्रोटेक्टोरेट राज्य’ (आन्तरिक मामिलामा सिक्किमको अधिकार भएपनि वैदेशिक नीतिनियम र अन्य मामिलामा ब्रिटिसको अधिकार हुने तर कुनै आधिकारिक प्रावधान नभएको) का रुपमा घोषणा ग¥यो । योसँगै ब्रिटिस इष्ट इन्डियाको नियन्त्रण सिक्किममाथि बढ्न थाल्यो ।
सन् १९४७ मा ब्रिटिसको उपनिवेश भारतबाट अन्त्य भएसँगै भारत स्वतन्त्र राष्ट्रका रुपमा चिनियो । यसको तरंग सिक्किमसम्म फैलियो । सिक्किमलाई भारतमै गाभ्ने रणनीति असफल भयो र त्यसबेलाका भारतीय प्रधानमन्त्री जवहरलाल नेहरुले सिक्किमलाई विशेष खालको ‘प्रोटेक्टोरेट राज्य’ का रुपमा घोषणा गरे ।
भारतकै सहयोगमा राजाले नै राज्य चलाइरहेका थिए । तर राजाको एकतन्त्रीय शासन धेरैलाई पाच्य भएन । समयसँगै सिक्किमभर राजतन्त्र अर्थात चोग्याल शासकहरुको विरुद्धमा आवाजहरु उठ्न थाले । रुष्ट मानिसहरुको एक राजनीतिक समूह गठन भयो, डिसेम्बर १९४७ मा । जसको नाम सिक्किम स्टेट कङ्ग्रेस थियो ।
सन् १९५० देखि १९६० को दशकमा सिक्किमको छिमेकी मुलुकहरुमा धेरै परिवर्तनका लहरहरु छाएका थिए । पश्चिम बंगाल र नेपालमा साम्यवाद विस्तार भइरहेको थियो । यता सन् १९५० मा स्वतन्त्र राष्ट्र तिब्बतमा चिनियाँ आर्मीहरुले आक्रमण गरी आफ्नो कब्जामा लिएका थिए । तिब्बत हुँदै चिनियाँ आर्मी सिक्किममा प्रवेश गर्ने डर भारतलाई थियो । नभन्दै १९६७ मा चिनियाँ आर्मीहरुले सिक्किम र तिब्बतको सिमाना ‘चोला पास’ मा आक्रमण ग¥यो । करिब दश दिन भारतीय र चिनियाँ आर्मीबीच युद्ध चल्यो ।
यता सिक्किममा त्यस समय कुल जनसंख्याको ८० प्रतिशतको हाराहारी नेपालीहरु थिए । हुन त राजतन्त्रको जग बसाल्नु अगावै केही गुरुङ र मगर जातिहरुको बसोबास सिक्किममा थियो । नेपालले सिक्किममाथि जित हासिल गरेसँगै धेरे नेपालीहरु बसाइसराइ गरेर सिक्किम पुगेका थिए । यता समयसँगै पछि राजदरवारका मन्त्रीहरुले नेपालबाट त्यस समयका व्यापारीहरु विशेषतः नेवारहरुलाई सिक्किम झिकाएका थिए । उनीहरुसँगै बाहुन, क्षेत्री, दमाई, कामी र सार्कीहरु पनि सिक्किम पसेका थिए । बाहुल्य नेपालीबासीहरुले सिक्किम नेपालमै गाभ्नुपर्ने कुरा पनि उठाइरहेका थिए । राजतन्त्रबाट रुष्ट भएका त्यहाँका नेपालीबासीहरुमा आक्रोश बढ्दो थियो । दैनिकजसो देशमा हड्ताल र विरोध कार्यक्रमहरु भइरहेका थिए । त्यहीबेला सिक्किमका राजा नेपाल भ्रमणमा आएका थिए । उनले पाकिस्तानी दूत र चिनिँया उपप्रधानमन्त्रीलाई सहयोगका लागि आह्वान समेत गरेका थिए ।
केही समयमै परिस्थिति यति नाजुक बन्यो कि बढ्दो हड्ताल अनि हिंसा सरकारको नियन्त्रण बाहिर पुग्यो । राजाले भारतलाई सेना र पुलिस पठाएर अवस्था नियन्त्रणमा लिन हारगुहार ग¥यो । यो नै भारतको लागि सुनौलो मौका साबित भयोे । मे ८, १९७३ का दिन राजा, भारत सरकार र त्यहाँका राजनीतिक पार्टीका नेताहरुबीच त्रिपक्षीय सम्झौता भयो । सम्झौता के थियो भने, अब सिक्किमको कानून र व्यवस्थाको जिम्मेवारी भारत सरकारको हातमा हुने । सँगै भारतले नै सिक्किमको प्रशासन प्रमुख समेत नियुक्त गरी सबै प्रशासन भारतले नै चलाउने । सिक्किमलाई कब्जा गर्ने यो नै पहिलो कदम थियो ।
भारतले सिक्किममा नयाँ संविधानको खाका तयार पार्न एक जना संवैधानिक सल्लाहकारलाई सिक्किम पठायो । तर राजाले यस विषयको घोर विरोध मात्र गरेनन्, अस्वीकार नै गरे । किनकि उनले भेउ पाइसकेका थिए, योसँगै उनको अधिकारको दायरा खुम्चिदै जानेछ भनेर । अन्तत ः १९७३ को अन्त्य र १९७४ को सुरुवात गरी दुई चरणमा चुनाव सम्पन्न भयो । भारतमैत्री ‘सिक्किम नेशनल कंग्रेस’ ले भारी मतले चुनावमा विजय हासिल ग¥यो । योसँगै देशमा नागरिक र राजनीतिक स्वतन्त्रता बढ्दै गयो तर राजाले यसलाई दबाउन हर प्रयास गरिरहेका थिए ।
यता सेप्टेम्बर १९७४ मा दिल्लीमा सिक्किमलाई पूर्ण रुपमा भारतमा गाभ्ने विधेयक पास गराउने कुराले माहोल तातियो । जसको चौतर्फी विरोध भएपश्चात अन्ततः भारतले सिक्किमलाई ‘एसोसियट राज्य’ बनाउने निर्णय गर्यो । विस्तारै भारत सरकारले राजाको अधिकारहरुलाई खुम्च्याउदै लग्यो । त्यहाँका जनताहरुलाई राजतन्त्रको विरुद्धमा उक्साउन र सिक्किमलाई भारतमा गाभ्न भारतीय रअले ठूलो भूमिका रहेको थियो । करिव एक वर्ष राजतन्त्रलाई कमजोर बनाउन र जनतामा भारतमैत्री सोच विकास गर्न भारतले राम्रै कसरत ग¥यो । अन्ततः राजदरवारलाई भारतीय सेनाहरुले घेरेर राजालाई नजरबन्दमा राखेका थिए ।
राजाको सबै शक्ति र पदच्युत भएपनि राजाले यसको विरोध गरिरहे । राजा पनि यति सजिलै कहाँ चुप लाग्थे र ? यसलाई अन्तर्राष्ट्रिय मुद्धा बनाउने उनको जिकिर थियो । त्यसैले पाँच दिनको छोटो अवधिमै सिक्किममा भारतले जनमत संग्रह सम्पन्न ग¥यो । सम्पन्न संग्रहमा राजतन्त्रको अन्त्य भइ सिक्किम भारतमै गाभ्ने पक्षमा ९७.५ प्रतिशतले भोट खसालेका थिए भने बाँकीले उनकै समर्थनमा भोट गरेका थिए । राजा पक्षधारीहरुले भने जनमत संग्रहमा भारतले ठूलो धाधली गरेको र भारतको पक्षमा भोट हाल्न धेरै मतदाताहरु भारतबाटै ल्याइएको आरोप लगाएका थिए ।
धेरै विवादका माझ पनि अन्ततः २२ अप्रिल, १९७५ मा भारत सरकारले संविधानको ३६ औं संसोधन गरी सिक्किमलाई भारतको २२ औं राज्यको रुपमा घोषणा गरेको थियो ।
यसरी ३३३ वर्ष लामो सिक्किमको राजतन्त्र अन्त्य भयो र अन्ततः सिक्किम भारतको २२ औं राज्यका रुपमा समावेश गरियो ।





