बागलुङ, १७ फागुन– ‘कम्युनिष्टहरुको सरकार बनेपछि तीन वटा बजेट आए तर खोईत दलित मुक्तिका लागि भएको संघर्ष अुसारकाका कार्यक्रम’ नेपाल दलित मुक्ति संगठनका केद्रिय सह संयोजक गाणेश बिक भन्छन् ‘अहिले त दलित शब्द नै उच्चारण नगर्ने भन्नेहरु सत्तामा छन्, याद गर्नुहोस, दलित शब्द होईन आन्दोलन हो ।’
समाजबादको नारा लगाउने कम्युनिष्टहरुको सरकार भएकै बेला आर्थिक तथा सामाजिक रुपान्तरणमा दलितहरु पछि पर्ने कार्यक्रमहरु आएकाले अहिलेको परिस्थिती सिर्जना भएको उनको बुझाई छ ।
नेपाल दलित मुक्ति संगठन प्रचण्ड–माधव समुहको आईतबार बागलुङमा आयोजित भेलामा बिक बोल्दै थिए । उनले नेपालको कम्युनिष्ट आन्दोलन, त्यसपछिका उपलव्धी र लोकतान्त्रिक गणतन्त्र स्थापनापछिका प्रधानमन्त्री तथा मन्त्रीपरिषदले दलितहरुको सरोकारका बिषयमा ल्याएका कार्यक्रमको आलोचना गरे ।
‘कृषि, वन, पर्यटन र पूर्वाधार शिक्षालगायत सबै क्षेत्रमा बिनियोजन भएको बजेट दलितको पनि हो भनेर हामि विश्वस्त भयौं’ बिक भन्छन् ‘आफ्नै पार्टिको बर्खिलाप हुने त्रासले चुपचाप बसेर हामीले गल्ती गरेकै हो ।’
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य पशुराम रम्तेलले दलित आन्दोलन टुंगोमा नपुगेको भन्दै अझै संघर्षको आवश्यकता रहेको बताए । उनले पछिपरेको बर्गका लागि गणतन्त्रका सरकारले समेत कार्यक्रम ल्याउन नसकेको आरोप लगाए ।
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बलावति शर्माले दलितहरुको मुक्ति नहुँदासम्म आरक्षणको व्यवस्था गर्ने नेकपाको नीति भएपनि अहिलेको सरकार त्यसमाथीको प्रहारमा लागेको बताईन् ।
नेपाल दलित मुक्ति संगठनका केन्द्रिय सदस्य तथा नेकपा गण्डकी प्रदेश सचिवालय सदस्य लाल बहादुर परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तरपार्टी महिला सञ्जाल बागलुङका अध्यक्ष कुशुम बुढाले बोलेकी थिईन् ।





