मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

चमुवाखोलामा बन्यो ‘पक्की कल्भट’

चमुवाखोलामा बन्यो ‘पक्की कल्भट’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०७७, मंगलबार

बागलुङ, १८ फागुन– गलकोट नगरपालिका–४ को चमुवाखोलामा पक्की कल्भट निर्माण भएको छ । गलकोट नगरपालिकाको २४ लाख बजेटबाट उत्त कल्भट निर्माण भएको हो । नगरपालिकाले चालु आर्थिक बर्षमा सडक सञ्जाल स्तरिकरण अन्तरगर्त पूर्वाधार बिकासको लागी उक्त सडकमा बजेट बिनियोजन गरेको थियो ।
चमुवाखोलामा निर्माण भएको ७ मिटर लम्वाई रहेको कल्भट ४ मिटर ५० सेन्टीमिटर चौडाई तथा ३ मिटर उचाई रहेको कल्भट निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र खड्काले जानकारी दिए । कल्भटको दुबै तर्फको सडक करिब १० मिटर फिलिङको काम भएको उनले बताए ।
खोलाको सतह लगायत कल्भटको सुरक्षाको लागी दायाँ बायाँ गरि २८ ओटा जाली निर्माण गरेको जानकारी दिदै खड्काले कल्र्भटको सटिङ खोल्ने र वाटोको सतह फिलिङको लागी केही काम बाकीँ भएको भएपनि संचालन गरिएको बताए ।
गलकोट नगरपालिकाको वडा नम्वर ४ देखी नुवाकोट हुदैं बरेङ गाँउपालिकाको सुखौरा सल्यान जोड्ने सडक अन्तरगत चुमवाखोलामा कल्भट निर्माण भएसंगै स्थानीयलाई आवातजावतमा सहज भएको छ ।
गलकोट नगरपालिकाले २० लाख तथा स्थानीय रुपमा जनश्रमदानबाट ४ लाख गरि २४ लाखमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएका कल्र्भटमा फागुन २० गते सम्म ठुला सबारी साधान संचालन गर्न आग्रह गरिएको उपभोक्ता समितिका सचिव डिलबहादुर खातीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->