बागलुङ, १९ फागुन– विद्यालयका संस्थापक अध्यक्षको स्मृतिमा स्थापना भएको अक्षयकोषबाट यहाँको एक विद्यालयले चार जना विद्यार्थीहरुलाई छात्राबृत्ति उपलव्ध गराएको छ । जैमिनी नगरपालिका वडा नंं १ कुश्मीशेराको टारमा रहेको पल्लोपाखा सामुदायीक माध्यमिक विद्यालयले संस्थापक अध्यक्ष ‘ताराखर पाध्या स्मृति कोष’बाट आधारभुत र माध्यामिक तहका दुई÷दुई जना विद्यार्थीलाई छात्राबृत्ति उपलव्ध गराएको हो ।
कोषमा रहेको रकमबाट प्रप्त व्याज रकम जहेन्दार तथा उच्च अंक ल्याउने दुई जना छात्र र दुई जना छात्रालाई छात्राबृत्ति उपलव्ध गराएको विद्यालयका प्रधानाध्यापक टेकनारायण आचार्यले बताए । मंगलबार पाध्याको स्मृति दिवसका अवसरमा उक्त छात्राबृत्ति वितरण गरिएको थियो ।
कोषका संरक्षक पाध्याका छोराहरु हरीप्रसाद शर्मा र बिष्णु आचार्यले विद्यालयमा आयोजित कार्यक्रममा उक्त रकम प्रदान गरेका थिए । उनीहरुले संस्थापक अध्यक्ष पाध्याको नाममा २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए ।





