मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

तरुणदल गलकोटमा संगठन बिस्तार गर्दै

तरुणदल गलकोटमा संगठन बिस्तार गर्दै


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०७७, शुक्रबार

बागलुङ, २१ फागुन– नेपाल तरुण दल बागलुङले संगठन बिस्तार अभियान स्वरुप गलकोट नगरपालिका स्तरीय समिति गठन गरेको छ । बुधबार भएको भेलाले गोर्ख भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबुले बताए ।
भेलाले उपाध्यक्षमा केयर सिंह खत्री र बाबुराम केसी, सचिवमा चिराग राना, सहसचिवमा इन्द्रा काउचा, पदम गौतम, कोषाध्यक्षमा राम खत्री र सह–कोषाध्यक्षमा सुनिल रोका मगर रहेको समिति गठन गरेको हो । समितिमा २८ सदस्य रहेका छन् ।
समितिमा निर्विरोध चयन भएकाहरुलाई कांग्रेस संगठन विभाग प्रमुख फम बहादुर खत्रीले स्वागत गरेका थिए । भेलाले वडा तहसम्म संगठन बिस्तार गर्ने, कांग्रेसको सिद्दान्त र कार्यक्रम कार्यान्वयन गरी युवाको क्षमता विकासका गतिविधि संचालन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->