मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पत्रकार जनताका हतियार हुन् : सहइन्चार्ज शर्मा

पत्रकार जनताका हतियार हुन् : सहइन्चार्ज शर्मा


  • ढोरपाटन संबाददाता
  • फाल्गुन २२ २०७७, शनिबार

बागलुङ, २२ फागुन- प्रेस संगठन नेपालका सह–इन्चार्ज तथा नेकपा केन्द्रिय सदस्य ओम शर्माले जनताको हतियार पत्रकार भएकाले जनताका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिएका छन् । पत्रकार सधैं परिवर्तन र अग्रगमनको पक्षमा हुने भन्दै उनले आवज बिहिनको आवाज बन्ने जिम्मेबारी पत्रकारको काँधमा रहेको बताए । प्रेस संगठन नेपाल बागलुङको जिल्ला भेलालाई सम्बोधन गर्दै सह–इन्चार्ज शर्माले जनजीविकालाई बुझेर सञ्चार सामग्री बन्दा मात्रै पत्रकार जनताको हतियार बन्न सक्ने धारणा राखे ।
पत्रकारिता एउटा विश्व विद्यालय भएकोले नयाँ र नवीनतम खोजी पत्रकार सञ्चार माध्यमले गर्नुपर्ने उनको भनाई थियो । प्रेस संगठन नेपाल जनताको प्रतिनिधित्व गर्ने जागरुक संगठन हुनुपर्ने शर्माले उल्लेख गरे । विचारलाई बुझेर अग्रगमन दिशा तर्फ लाग्नु पर्ने आजको आवश्यकता रहेको शर्माको भनाई थियो ।
कार्यक्रममा प्रेस संगठन नेपाल गण्डकी प्रदेश इन्चार्ज हरिनारायण गौतम, गण्डकी प्रदेश सहइन्चार्ज श्रीराम सिग्देल, गण्डकी प्रदेश संयोजक अर्जुन काफ्ले , गण्डकी प्रदेश सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, प्रदेश सांसद चन्द्रबहादुर बुढा मगर, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, प्रेस चौतारीका पूर्व केन्द्रिय उपाध्यक्ष नवराज सुवेदी बोलेका थिए । नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्त, प्रगतिशिल पत्रकार संघका जिल्ला सचिव विजय राना लगायतले शुभकामना मन्तव्य राखे ।
कार्यक्रम प्रेस संगठन नेपाल बागलुङका सहइन्चार्ज राम थापाको अध्यक्षता, प्रेस संगठन नेपाल अनुशासन आयोगका सदस्य कोपिला कँडेलको स्वागत र तारानाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->