मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

कोरोना खोपबारे आउने अफवाह चिरौं

कोरोना खोपबारे आउने अफवाह चिरौं


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २३ २०७७, आइतबार
फाईल तस्विर

बागलुङ, २३ फागुन– गत महिना देशभरका फ्रन्ट लाइनमा काम गर्नेहरुले कोभिड १९ रोग बिरुद्ध खोप लगाए । उक्त खोप लगाउँदा केही मानिसलाई सामान्य ज्वरो, शरिर दुख्ने लगायतका लक्ष देखियो । त्यतिबेला खोप लगाएकाहरु अधिकांस युवा थिए ।
सरकारले अब जेष्ठ नागरिकलाई खोप लगाउँदैछ । यो खोपले सामान्य असर वा लक्षण देखिन सक्छ । जेष्ठ नागरिकको अन्य कारणले मृत्यु भएपनि कोभिड खोप लगाएकोले मृत्यु भयो भनेर बिभिन्न अफवाह आउन सक्छन् । त्यो बेला पत्रकारिताले संयम अपनाउनुपर्ने आबस्यकता औल्याइएको छ ।
स्वास्थ्य कार्यालय बागलुङले आयोजना गरेको कोभिड १९ बिरुद्ध अभिमूखिकरण कार्यक्रममा कोरोना खोपका सकारात्मक सन्देश प्रवाहमा सहयोग गर्नुपर्ने बताइएको हो ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले कोरोना लगाउँदा आउने लक्षणलाई नियोजित नभई संयोगबस हुने घटनाको रुपमा लिनुपर्ने बताए । कोरोना खोपले उत्पादनसँग हुने प्रतिक्रिया, खोपको गुणस्तर, खोप संचालनमा हुने त्रुटीले निम्तने प्रतिक्रिया, सुइ देखेरै डराउनेको अबस्था र संयोगबस हुने घटनाबारे आउने अफवाहलाई रोक्न सकारात्मक सन्देश आवस्यक परेको उनको भनाई छ ।
‘खोपले ९९ जनालाई राम्रो गरेको छ । एकदुइजनामा समस्या देखिंदा अफवाह आउन सक्छ’ गुरौले भने, ‘आम पत्रकारले सकारात्मक सन्देश दिएमा रोगबिरुद्ध लड्न सहज हुनेछ ।’ कोरोना देखिएको एक बर्षभित्रै आएकोले खोपमा पनि कतिपय सुधारका काम भैरहेको उनले बताए ।
कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले खोपबारे वास्तविक संचार प्रवाहमा पत्रकारले काम गर्ने बताए । साथै आम नागरिकलाई सचेत पार्दै कोरोनाबिरुद्धको लडाइ सफल पार्ने काममा पत्रकारले निरन्तर पहिलो पंक्तीमा बसेर काम गर्ने उनको भनाइ थियो ।
पहिलो चरणमा जस्तो दोश्रो चरणमा भने समस्या कम मात्रै आउने समेत स्वास्थ्यकर्मीले बताए । ‘मानव शरिरमा नयाँ बस्तु पठाएकोले आएको प्रतिक्रिया अब बिस्तारै कम हुन्छ’ गुरौले भने, ‘प्लाज्मा थेरापी दिएको बिरामीले भने ९० दिन सम्म खोप लगाउनु हुँदैन ।’ विश्वस्वास्थ्य संगठनको नियम अनुसार काम गर्दा सुरक्षित बन्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->