बागलुङ, २३ फागुन– आसन्न १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर लायन्स क्लव अफ बागलुङ पिस टाउनले बागलुङ नगरपालिका वडा नं १० भकुण्डेमा पुगेर आँखा शिविर सञ्चालन तथा सहयोग गरेको छ ।
भकुण्डेमा रहेको सरस्वती प्राविमा अध्यनरत विद्यार्थी, अभिभावक तथा वृद्धवृद्धाहरुका लागि निशुल्क आँखा शिविर र बिद्यार्थीहरुका लागि मास्क, स्टेशनरी, पोशाकसहित खेलकुद सामग्री वितरण गरिएको लायन्स रमा घिमिरेले बताईन् ।
निशुल्क आँखा शिविरमा ७० जनाको निशुल्क आँखा जाँच तथा औषधी वितरण गरिएको थियो । तीन जना मोतीयाविन्दु भएकाहरुको शल्यक्रिया धौलागिरी आँखा अस्पतालमा गरिने, १७ जनालाई चश्मा वितरण गरिएको क्लबले जनाएको छ ।





