
बागलुङ, २३ फागुन– दोस्रो प्राथमिकतामा परेकाहरुलाई लक्षित गरि आइतबारदेखि सुरु भएको कोरोनाविरुद्धको खोप कार्यक्रममा बागलुङका ४ हजार ८ सय ३१ जनालाई एकै दिन खोप दिईएको छ ।
जिल्लाभरका ३८ वटा खोप केन्द्रबाट ६५ वर्ष उमेर पार गरेका जेष्ठ नागरिकहरुले खोप लगाएका हुन् । आईतबार जिल्लाका चारवटा स्थानीय तहमा मात्रै खोप अभियान सञ्चालन भएको थियो ।
बागलुङ नगरपालिका १३ खोप केन्द्रमा १ हजार ९ सय ५६ जना, गलकोट नगरपालिकाका ८ खोप केन्द्रबाट १ हजार २ सय २७ जना, जैमिनी नगरपालिकाका १० खोप केन्द्रबाट १ हजार ६९ जना र काठेखोला गाउँपालिकाका ७ खोप केन्द्रबाट ५सय ७९ जनाले खोप लगाएका हुन् ।
बागलुङमा चैत ६ गतेसम्म सञ्चालनहुने अभियानमा २० हजार जेष्ठ नागरिकलाई खोप लगाउने अनुमान गरिएको छ ।





