मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

बागलुङमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइयो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०७७, सोमबार

बागलुङ, २४ फागुन– १ सय ११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा जिल्लाका क्रियाशिल महिला संगठनले ¥याली तथा प्रवचन कार्यक्रम गरेका छन् ।
अन्तरपार्टी महिला संजाल र बागलुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सयौं महिलाले अधिकारका नारा लगाएका छन् । उनीहरुले बलात्कारीलाई फाँसी दिनुपर्ने, महिलाको अधिकार कार्यान्वयन हुनुपर्ने, श्रमिक महिलाका समस्या समाधान गर्नुपर्ने र राजनीतिकसँगै आर्थिक सामाजिक अधिकार पनि सुनिश्चित हुनुपर्ने धारणा राखे ।
बागलुङको बालमन्दिर चोकबाट सुरु भएको ¥यालीले बजार परिक्रमापछि सभासमेत आयोजना गरिएको थियो । अधिकारकर्मी महिलाले १ सय ११ वर्षअघिदेखि सुरु भएर पनि यो दिवशले सार्थक रुप लिन नसकेको बताए । साथै नेपाली समाजमा अझैपनि महिलालाई हेर्ने दृष्टीकोण बिभेदकारी भएको भन्दै पुरुष सरह अधिकार पाउनका लागि लड्नु परिरहेको बताए ।
नेपालमा अहिले पनि पुरुषको तुलनामा महिला श्रमिकको ज्यालामा बिभेद छ । त्यस्तै घरेलु कामदारको रुपमा रहेका महिला श्रमिकको कामको मूल्यांकन समेत भएको छैन । श्रमिक महिलाको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको अधिकार पनि नपाएको उनीहरुले बताए । त्यस्तै उनीहरुको बालबालिकाको शिक्षाका लागि समेत अवसर नपाएको श्रमिकको गुनासो छ ।
अन्तरपार्टी महिला संजालकी अध्यक्ष कुशुम बुढाको अध्यक्षतामा सम्पन्न सभामा महिला नेत्रृहरु बलापती शर्मा, मना केसी, शकुन्तला शर्मा, लक्ष्मी बास्कोटालगायतले महिला मुक्तीका लागि शिक्षा र चेतना विकास आवस्यक रहेको बताएका थिए । उनीहरुले आरक्षण मात्र नभई कानूनले तोकेका हरेक विषयलाई कार्यान्वयन गरेर जानुपर्ने आबस्यकता औल्याएका थिए ।
सोमबारै बागलुङको ताराखोला, गलकोट, बुर्तिवाङ र कुश्मीसेरा लगायतका स्थानमा पनि श्रमिक महिला दिवश मनाइएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->