बागलुङ, २४ फागुन– अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सिद्धार्थ शिक्षा सदन बागलुङले अन्तर विद्यालय कबड्डी प्रतियोगिता सम्पन्न गरेको छ । छात्राहरुको सम्मानमा आयोजना भएको प्रतियोगितामा ११ समुहले सहभागिता जनाएका थिए । प्रतियोगीमध्ये युएस एकेडेमी बागलुङले प्रथम, न्यू ओएसिस एकेडेमी दोस्रो बन्यो । बेष्ट प्लेयरको उपाधि न्यू ओएसिसकी सेजल छन्त्यालले हात पारिन् भने बेष्ट डिफेन्डसिप युएस एकेडेमीकी सारा पाईजा पुन भईन् । प्रतियोगितामा प्रथम हुनेले ६ हजार, दोस्रो हुनेले ३ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।





