बागलुङ, २६ फागुन– ढोरपाटन शिकार आरक्ष, नाउर र झारलको शिकारका लागि प्रख्यात छ । यहाँ वर्षेनी साहसिक शिकारमा भाग लिने विदेशीहरुले नेपाल सरकारसँग अनुमति लिएर नाउर र झारको शिकार गर्ने गरेका छन् । शिकार आरक्ष क्षेत्रमा जसरी बिदेशी शिकारीहरु रमाईरहेका छन् ।
त्यसैगरी आरक्ष आसपासमा रहेका बस्तीका नागरिकलाई बन्यजन्तुका कारण सास्ती पनि छ । आरक्षा क्षेत्र आसपासका सर्वसाधारणले वर्षेनी जंगली जनवारका कारण मानवीय तथा पशुधनको क्षति व्यहोर्दै आएका छन् । बासस्थान, ओहोरदोहोर गर्ने वाटो, पानी र मानविय गतिविधिका कारण दिनचर्यामा खलल आएपछि बन्यजन्तुले मानिस तथा घरपालुवा जनावरमाथि आक्रमण गर्ने गरेका छन् ।
आर्थिक वर्ष २०७६÷७७ मा मात्रै शिकार आरक्ष आसपासका बस्तीमा १ सय ४२ वटा मानवीय तथा पशुधनको क्षति भएको छ । सरकारको नियम अनुसार क्षतिको आधारमा आरक्ष आसपासका सर्वसाधारणले राहत पाउँछन् । सो अवधिमा १ सय ३८ वटा घटना चितुवाले मात्रै घटाएको तथ्यांक छ ।
वन्यजन्तुको आक्रमणका कारबाट ७ जना घाईते भएको तथ्यांक कार्यालयसँग छ । पाँच जना सख्त घाईते भएका थिएभने २ जना सामान्य घाईते भएका थिए । सख्त घाईते पाँच जनाले ढोरपाटन शिकार आरक्षा कार्यालयबाट ४ लाख २० हजार ८ सय ६४ रुपैयाँ राहत पाएका छन् ।
समान्य घाईते दुई जनाको लागि २३ हजार ६ सय रुपैयाँ राहत उपलव्ध गराईएको प्रमुख संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कँडेलले बताए । आरक्षबाट बस्तीमा आउने चितुवाले घरपालुवा जनावरमाथी आक्रमण गर्ने गरेको छ । चितुवा बाहेकका जंगली जनावरले समेत क्षति पूर्याउने गरेका छन् । सो अबधिमा आरक्ष आसपासका क्षेत्रमा १ सय ३५ वटा घरपालुवा जनावरहरु मारिएका छन् । १३ लाख ८८ हजार ५ सय रुपैयाँ राहत वितरण गरेको तथ्यांक आरक्ष कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
‘क्षति स–साना ठाउँमा हरेक क्षेत्रमा छ’ कँडेलले भने ‘हामले क्षतिको अवस्था हेरेर राहत दिन्छौं, तथ्यांक हुन्छ, त्यसैले धेरै चर्चा हुने हो ।’ गत आवमा कसैले पनि जंगली जनावरको आक्रमणका कारण ज्यान गुमाउनु नपरेको उनले बताए ।
आरक्षमा नाउर र झारल सिकार गर्न पाइन्छ । बँदेलका कारण आरक्ष आसपासमा रहेका कयौं किसानले लगाएको बाली नाली समेत नष्ट हुने गरेको छ ।
नेपाल सरकारलाई राजश्व तिरेर गरिने सिकारका लागि बिदेशी सिकारी बढी आउने गर्छन् । यहाँ अन्य ३२ प्रकारका स्तनधारी र १ सय ६४ प्रकारका पंक्षिहरु संरक्षित छन् । यहाँ छेन्टुङ गुम्बा, उत्तरगंगा, गुर्जाखानी, रुद्रताल लगायतका धेरै पर्यटकीय क्षेत्र पनि छन् ।





