आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

महिलामाथि बढ्दै राजनैतिक हिंसा

महिलामाथि बढ्दै राजनैतिक हिंसा


  • दुर्गा भण्डारी
  • फाल्गुन २७ २०७७, बिहिबार

भर्खरै हामीले एक सय एघारौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका छौं । विश्व समुदायले महिलाहरुको हक अधिकार र समानताको लागि लड्दै आएको दिन हा,े मार्च ८ तारेख । सर्वप्रथम विश्वभरका श्रमिक महिलाहरु एकजुट हौं भन्दै सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकारको माग राख्दै ¥याली निकालेका थिए । त्यसैको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । मार्च ८ लाई अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने योजना चाहि सोभियत संघकी समाजवादी नेतृ क्लारा जेट्किनको थियो । सन् १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा १७ देशका १०० महिला सहभागी भएका थिए । पहिलोपटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा मनाइयो । संयुक्त राष्ट्र संघले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको हो । सन् १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले ‘रोटी र शान्ति’को माग गर्दै यो दिवसलाई औपचारिक बनाएका थिए । नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस २०१६ साल देखि मनाउन थालिएको थियो । त्यसैगरी नेपाली महिलाले २००७ सालमा मतदानको अधिकार प्राप्त गरेका थिए । यस वर्ष नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ एक सय एघारौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । महिलाहरुले आफ्नो हक अधिकार प्राप्तिका आवाज उठाए पनि अपेक्षकृत सफलता हासिल गर्न सकिरहेको अवस्था भने छैन ।
राज्यको उच्च ओहोदामा केही महिलाहरुको उपस्थितिको सुरुवात आरम्भ भएको छ । तर अझै पनि हाम्रो समाज, महिलाको हक अधिकारलाई नैर्सगिक अधिकारको रुपमा मान्न तयार देखिएको छैन । हाम्रा संरचनाहरुमा पितृसत्तात्मक अवशेषहरु बाँकी नै देखिन्छन् । संबिधान र संसदबाट निर्मित कानून्हरुमा महिलाको हक अधिकार समेट्ने धेरै प्रयास भएको छ । तर, अझै पनि ब्यवहारमा भने कार्यान्वयन गरेको पाइँदैन । समाजका अन्य क्षेत्रलाई छाडौं । समग्र राष्ट्रको नेतृत्व गर्ने राजनैतिक क्षेत्रमा अहिले महिलाहरुलाई नजरअन्दाज गर्ने प्रवृत्ति देखा परेका छन् । राजनैतिक क्षेत्रलामा लागेर करिअर बनाएका महिलाहरुको चरित्र हत्या गर्ने काम भएको छ । हालसालैको घटना हो नेपाल कम्युनिष्ट पार्टी माधव– प्रचण्ड समुहका तात्कालिन नेता तथा हाल माधव समूहका एमाले नेता रघुजी पन्तले आफ्नै पार्टीकी केन्द्रीय सदस्य कोमल ओलीको सार्वजनिक समारोहमै चरित्र हत्या गरे । अहिले सो भिडियो भाइरल भएको छ । त्यसै गरी करिव महिना दिनअघि सम्मानित सस्ंथा र राष्ट्रपतिविरुद्ध अति नै निकृष्ट शैलीमा चरित्र हत्या गरियो । चरित्र हत्या गर्ने तात्कालीन माधव प्रचण्ड समुहकी नेतृ रामकुमारी झाँक्री थिईन् ।
महिलाहरु अहिले राजनीतिमा क्रमशः अगाडी आउँदै गरेको अवस्था छ । महिलाको चरित्रसँग जोडेर लान्छना लगाउने गर्दा रानीतिमा भरखरै प्रवेश गरेका नवप्रवेशीहरु हतोत्साही हुनसक्ने अवस्था रहन्छ । यहि सेरोफेरोमा तत्कालीन नेकपा माधव–प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीले गोरखाको सिरानचोकमा भएकोे सभामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अत्यन्तै निम्नस्तरको अमर्यादित अभिव्यक्ति दिएकी थिइन् । झाँक्रीको अभिव्यक्ति यस्तो थियो ‘मदन भण्डारीको हत्या पछि सेतो सारी ल्याएर शक्ति आर्जन गर्ने जुन गलत सांस्कृतिक अभ्यास गरेको थियो एमालेले, त्यसको प्रतिउत्पादन हो बिद्या भण्डारी ’ त्यति मात्रै होइन उनले आफूसँग त होइन, गोरखाकी अर्की महिलासँग पनि चुनाव जित्न नसक्ने र राष्ट्रपतिले सितलनिवासबाट अन्तै बस्नुपर्ने सम्को चेतावनी दिइरहँदा पृष्ठभूमिमा महिलाहरु गललल हासेको आवाज सुनिएको थियो । झाँक्रीको यो भनाईले एकल महिलाको चरित्र हत्या गरेको छ । राष्ट्रपतिले यस्ता धेरै खालका चारित्रिक लान्छना सहनु भएको होला तर पति गुमाएका एकल महिलाहरु जुनसुकै क्षेत्रमा नेतृत्वमा आउनका लागि हतोत्साही बनाएको छ । यसले झाँक्रीमा कतिसम्म निकृष्ट सोच रहेछ भन्ने कुरा प्रमाणित गरेको छ । वास्तवमा झाँक्री जस्ती महिला राजनीतिमा रहेसम्म एकल महिला मात्र होइन्, उनको प्रतिष्पर्धामा आउन सक्ने जो कोही क्षमतावान, असल चरित्र भएका महिलाले स्थान नपाउने देखिन्छ । उनले व्यक्त गरेका विचारले धेरै महिलाहरुलाई राजनीतिमा आउन हतोत्साही बनाएको छ । उनले राजनीतिमा फरक विचार सिद्धान्त र दृष्टिकोण राख्नेहरु महिलाहरुलाई यसै गरी चरित्र हत्या गरेर सिध्याइदिन्छु भन्ने सोच बोकेको देखियो । उनको दिमागमा जे थियो त्यही भावना प्रकट भएको हो । झाँक्री अहिले एमालेको तर्फबाट समानुपातिक सांसद हुन् । उनी सांसद बन्नुमा पनि राष्ट्रपति विद्यादेबी भण्डारी महत्वपूर्ण योगदान रहेको छ । २०६३ सालमा संसद पुनः स्थापना भएपछि संसदको पहिलो बैठकमा राष्ट्रपति विद्यादेबी भण्डारीले राज्यका प्रत्येक संरचनामा ३३ प्रतिशत महिला सहभागिता, आमाको नामबाट नागरिकता र महिलालाई जन्मदैदेखि पैतृक सम्पत्तिमा अधिकारको माग गरेको विषयले अहिले पूर्णता पाएको छ । तीनवटै सरकार संसद अन्य निकायमा महिलाको सहभागिता देखिएको छ । तर, झाँक्रीजस्ता घोचपेच गर्ने महिलाहरुको उपस्थितिले राजनीति विकृत बनाएको छ । झाँक्रीले गर्दा राजनीतिमा उपस्थित महिलाको गुणस्तरियता समेत घटाएको छ । झाँक्री पछि तात्कालीन माधव प्रचण्ड समूहका नेता रघुजी पन्तले राष्ट्रियसभाकी सांसद ओलीको बारेमा तल्लो स्तरको अभिव्यक्ति दिएका छन् । उनले सार्वजनिक कार्यक्रममा नै ‘ कोमल ओलीले सारी सर्काएर गोरा पिंडौला देखाएर पोइल जान पाम् भनेर गीत गाउँदैमा राष्ट्रियसभाको सांसद खाइन् । अरु बीसौं वर्षदेखि कपाल फुलेका चाउरी परेका बूढी कमरेडहरु हेरेका हेरै भए’ भने यति नराम्रो र तल्लो स्तरको गाली गालैज लान्छना लगाएका छन् । उनले भन्न खोजेको कुराले के बुझिन्छ भने राजनीतिमा अगाडी बढ्न आफ्नो आत्मसम्मान दाउ लगाउनु पर्ने जस्तो देखिएको छ । अत्यन्तै लज्जास्पद आरोप लगाएका छन् । जुनकुरा प्रमाणित हुन नसक्ने हो । वास्तवमा उनले प्रधामन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्न खोजेका थिए । कसैलाई बिना आधार, बिना प्रमाण आरोप लगाए हुन्छ चरित्र हत्या गरे हुन्छ भन्ने देखियो । वास्तावमा यो अभिव्यक्तिले रघुजी पन्तको विकृत मानसिकता झल्किएको छ । उनको अभिव्यक्तिविरुद्ध सासंद कोमल ओली व्यक्तिको प्रतिष्ठा बिरुद्धको कसुरअन्तर्गत अदालत गएकी छन् । झाँक्री र पन्त प्रबृति महिला माथी हुने राजनैतिक हिंसाको रुप हो । यो प्रवृत्तिलाई निस्तेज पार्न महिलाहरुले राजनैतिक र कानूनी लडार्इं लड्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->