बागलुङ, २७ फागुन– केही दिन पहिला आफन्तकोमा जाने भन्दै घरबाट निस्किएका निसीखोला गाउँपालिका–१ का १७ बर्षिय जोकलाल कामीको शव फेला परेको छ । बुधबार उनको शव झ्याउरे खोला छेउमा फेला परेको प्रहरीले जनाएको छ ।
२४ गते आफन्तीको निम्तो मान्न भन्दै उनी घरबाट निस्केपछि सम्पर्क बिहिन थिए । कामीको घरभन्दा ३ किलोमिटर टाढा झ्याउरे खोल्सामा सडक भन्दा २०० मिटर तल शव फेला परेको प्रहरीले जनाएको छ । २ दिनदेखि हराएका कामीको आफन्तले खोजी गर्दा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिए ।
मृतक कामीको बुधबारनै पोस्टमार्टम गरि परिवारलाई बुझाइएको सूचना अधिकारी हवारीले जानकारी दिए । घटनाको बिषयमा अनुसन्धान अगाडी बढाएको उनको भनाई छ ।





