मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

तमानखोलामा पिकअप खस्यो, एकको मृत्यु पाँच घाईते

तमानखोलामा पिकअप खस्यो, एकको मृत्यु पाँच घाईते


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०७७, बिहिबार

बागलुङ, २७ फागुन– बागलुङको तमानखोला गाउँपालिकामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भिर घाईते छन् । मृतकको परिचय खुलेको छैन् । बिहिबार दिउँसो पालिका मुकाम बोंगादोभानबाट महभीर गाउँका लागि हिँडेको ग१ज ५७०५ नम्वरको पिकअप भ्यान महभीर नजिकैको भीरबाट खसेको हो । चालक सहित छ जना सवार भ्यान सडकबाट आन्दाजी दुईसय मिटर तल खसेको छ । घाईते मध्ये तीन जनालाई प्रभुको हेलिकप्टर मार्फत गण्डकी अस्पताल पोखरा पठाईएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । बाँकी दुई जनाको समेत अवस्था गम्भिर रहेकाले दोस्रो पटक हेलिकप्टर बोलाएर अस्पताल पठाउने तयारी भैरहेको छ । ‘यहाँको अबस्था दर्दनाक छ परिचय खोज्न भन्दा उद्धारमा धेरै ध्यान दिएका छौं’ घटनास्थलमै रहनुभएका स्थानीय झक बहादुर बुढाले भने ‘सबैको शरिरका बिभिन्न ठाउँमा चोट लागेको छ, अवस्था गम्भिर छ ।’ साँघुरो सडकबाट भ्यान खसेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->