मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

तमानखोलामा दुर्घटना : मृतकको पोष्टमार्टम, घाईतेको उपचार मणीपालमा

तमानखोलामा दुर्घटना : मृतकको पोष्टमार्टम, घाईतेको उपचार मणीपालमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०७७, बिहिबार

बागलुङ, २७ फागुन– बागलुङको तमानखोला गाउँपालिकामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तमानखोला–२ की १४ वर्षिया मिना रसायालीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा पाँच जना गम्भिर घाईते छन् । मृतक रसायलीको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम हुँदै छ ।
तमानखोला गाउँपालिका–१ का सवारी चालक सुशील जक्तपुरी, उनका भाई कोपील जक्तपुरी, सोही वडाका डम्बर बहादुर जक्तपुरी र वडा नं. २ का किरण गोतामे र गोपाल रसायली गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
बिहिबार दिउँसो पालिका मुकाम बोंगादोभानबाट महभीर गाउँका लागि हिँडेको ग १ ज ५७०५ नं. पिकअप भ्यान पहिरा भन्ने ठाउँमा भीरबाट खसेको हो । चालकसहित ७ जना सवार भ्यान सडकबाट आन्दाजी दुईसय मिटर तल खसेको छ । पिकअपको बाहिरी भागमा झुण्डीएका एक जना युवाले भने हाम फालेकाले शकुशल रहेको स्थानीय झक बहादुर बुढाले बताए ।
घाईते पाँचैजनालाई प्रभुको हेलिकप्टरमार्फत गण्डकी अस्पताल पोखरा पठाईएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । गण्डकी अस्पतालले उनीहरुलाई मणिपाल शिक्षण अस्पतालमा पठाएको छ । उपचारपछि सबैजना होसमा आएको अस्पतालले जनाएको छ । साँघुरो सडकबाट भ्यान खसेको छ ।
यता, गलकोटमा बिहिबार बिहान ट्याक्सी दुर्घटनामा परेको छ । गलकोट नगरपालिका वडा नं. १ चाउकोमा ट्याक्सी दुर्घटना भएको छ । ध १ ज ५७० नम्बरको ट्याक्सी दुर्घटानमा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
सडक छेउमा रोकेर राखिरहेको ट्याक्सी अचनाक गुडेर दुर्घटना भएको बताइएको छ । ट्याक्सी सडकबाट २० मिटर तल खसेको प्रहरीको भनाई छ । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । दुर्घटनाको बारेमा अनुसन्धान भईरहेको गलकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->