बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मातृकेश्वर हेम्जाले चुम्यो खुला भजनको उपाधि

मातृकेश्वर हेम्जाले चुम्यो खुला भजनको उपाधि


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २८ २०७७, शुक्रबार

तनहुँ, २८ फागुन – महाशिवरात्री पर्वको अवसरमा शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामले आयोजना गरेको खुला भजन प्रतियोगितामा मातृकेश्वर एकता भजन समुह हेम्जा प्रथम भएको छ । सहभागी ९ समुहलाई पछाडी पार्दै मातृकेश्वर प्रथम स्थान हासिल गरेको हो ।
भुलभुले बाराही भजन मण्डल शुक्लागण्डकी दोस्रो, आदर्श भजन समुह दुलेगौँडा तेस्रो र ब्राह्मण समाज अखण्ड कृतन भजन समुह भिमादले सान्त्वना स्थान हासिल गरेको शुक्लागण्डकी च्यवनधाम मन्दिर व्यवस्थापन समितिकी सहसचिव अस्मिता खनालले जानकारी दिईन् । उनका अनुसार प्रथम,दोस्रो, तेस्रो र सान्त्वनाले क्रमश ः २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको निर्णायकमा लोक संगीतका अध्येता प्रा.डा. कुशुमाखर न्यौपाने, अम्बिका भट्टराई र तेजेन्द्र दुरा रहेका थिए ।
भजन प्रतियोगितासंगै शिवरात्रीको अवसरमा च्यवनधाममा रहेको शुक्लेश्वर महादेवको बिशेष पुजा, लघुरूद्री, बेलपत्र अर्पण, शिवध्वनी पुजन, १ सय ८ शिवलिङ्गमा दुध अर्पण, ठाडोबत्ति सहितको अखण्ड दिप प्रज्वलन, अखण्ड कृतन लगायतका कार्यक्रमहरू भएका छन् । विहानैदेखी मन्दिरमा शिवको पुजा आरधाना गर्ने भक्तजनको घुईचो लागेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->