बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँबाट ६ जना फरार प्रतिवादी पक्राउ

तनहुँबाट ६ जना फरार प्रतिवादी पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०७७, आइतबार

तनहुँ, ६ चैत–तनहुँ प्रहरीले आईतबार ६ जना फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो । बहुबिवाह र अंश मुद्धाका २÷२ जना, बेईज्जती मुद्धा र चोरी मुद्धाका १÷१ जना फरार प्रतिवादीलाई पक्रिएको तनहुँका प्रहरी पवक्ता प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले बताए । यी प्रतिवादीबाट ७ दिन कैद र १५ हजार ३ सय ८६ रुपैयाँ भुक्तान गर्न बाँकी उनले जानकारी दिए । आईतबार नै उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराईएको छ । तनहुँ प्रहरीमा प्रहरी उपरिक्षक अरुण पौडेल आएपछि उनको नजर फरार प्रतिवादी पक्राउमा परेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->