मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

‘शिक्षामा राजनीतिकरण नहोस्’

‘शिक्षामा राजनीतिकरण नहोस्’


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २ २०७७, सोमबार

बागलुङ, २ चैत– शिक्षा क्षेत्रमा राजनीतिक प्रभाव कम गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । राजनीतिक अभिष्ट पुरा गर्नका लागि शिक्षक तथा विद्यार्थीहरुको प्रयोग हुने गरेको विगतको सम्झना गर्दै वक्ताहरुले व्यवहारिक शिक्षा प्रणालीमा जोड दिए ।
आईतबार बागलुङ नगरपालिका–१४ नारायणस्थानमा गणेश सामुदायीक अध्ययन केन्द्रले सुरु गरेको उद्घोषण तथा पत्रकारिता तालिमको शुभारम्भका अबसरमा बोल्ने वक्ताहरुले हिजो राजनीतिका लागि प्रयोग भएका शिक्षहरुका कारण आजको बैज्ञानिक युगमा समेत त्यसको प्रभाव कायम रहेको बताए ।
कार्यक्रमको उद्घाटन गर्दैै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने ‘दलहरुका काममा लगाएर हिजो शिक्षकहरुलाई राजनीति गर्न लगाईयो, आज हामीले त्यसको सुधारको काम थालेका छौं, समय लाग्छ ।’ व्यवहारिक र प्रयोगात्मक शिक्षाको समय सुरु भएको भन्दै पौडेलले गुरुकुल शिक्षाबाट सुरु भएको नेपालको शिक्षा वैज्ञानिक युगमा प्रवेश गरेको बताए ।
गणेश सामुदायीक अध्ययन केन्द्रको आयोजनामा सञ्चालन हुने पाँच दिने तालिमको पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, ढोरपाटन दैनिकका सहसम्पादक तारानाथ आचार्य र रेडियो कुशुमका प्रस्तोता अर्जुन थापाले सहजीकरण गर्नेछन् ।
तालिमको उद्घाटन अध्ययन केन्द्रका अध्यक्ष सोर्गेन्द्र खत्रीको अध्यक्षता, सदस्य नारायण श्रेष्ठको स्वागत र गणेश माध्यमिक विद्यालयका शिक्षक बिमल गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->